जापान, असोज ४ ।
जापानको फुकुओकामा आयोजना गरीएको एनआरएनए जापानको बार्षिक साधारण सभा हिजो फुकुओका काउन्सिलरको प्रमुख आथित्यमा फुकुओकाको सिमिन सेन्टरको हलमा जापानका बिभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थितिमा आयोजना गरिएको थिया । हिजोको उक्त साधारण सभा केन्द्रिय कमिटि भित्र चर्किएको आर्थिक घोटलाको बिषय र उक्त घोटलाको छानबिनको माग गर्दै बिरोध शुरु भएपछि स्थगित भएको छ । उक्त साधारण सभामा शुरुमा उपस्थित प्रमुख अतिथि तथा अतिथिहरुले आफ्ना बिचार सहितको मन्तब्य राखेका थिए ।
मन्तब्य कै क्रममा एक अतिथिले एनआरएनएले जापानको टोक्योमा आयोजना गरिएको नेपाल फेस्टिबलमा आफुले गरेको सहयोग रकम एनआरएनए जापानद्धारा प्रकाशित गरिएको आर्थिक प्रतिबेदनमा नरहेको उक्त रकम घोटला गरिएको आरोप लगाईए पछि बिबाद शुरु भएको थियो । तर यो आर्थिक घोटलाको बिषय केन्द्रिय कमिटिमा एनआरएनए जापानका प्रबक्ताले सामाजिक संजाल फेसबुकबाट समेत सार्वजनिक गरेपछि उक्त बिबादले प्राथमिकता पाएको थियो । उक्त बिबादलाई केन्द्रिय कार्यसमितिमा नै छलफल भए पनि अध्यक्ष दय देबिलाल भण्डारीले उक्त बिषयलाई छानबिन गर्नुभन्दा पनि मिलाएर सहमतिमा नै अघि बढ्ने भन्दै साधारण सभामा होमिएपछि उक्त बिषय फुकुओका आयोजना गरिएको साधारण सभामा प्रमुख मुद्धा समेत बनेको थियो ।
अन्तराष्ट्रिय समितिका कोषाध्यक्षको पहलमा बारम्बार छलफल गर्दा पनि दुबै पक्ष छानबिन कमिटि गठन नगरिएको आजको कार्यक्रम नै अगाडि नबढ्ने भन्दै कोषाध्यक्ष कालिका थापाले आर्थिक प्रतिबेदन हलमा पेश नगरेपछि केहिबेर हलको माहोल तातेको थियो । बारम्बारको मिटिङ्ग र छलफलबाट पनि आरोपित र प्रबक्ता आफ्नो मागबाट पछि नहटेपछि कार्यक्रम स्थगित भएको थियो । एनआरएनए जापानको केन्द्रिय कमिटिमा पहिले देखि नै देखि आएको दुई पक्षको भिडन्त फुकुओकामा आयोजित साधारण सभामा प्रष्टै देखिन्थ्यो ।
एनआरएनए आईसिसिको महाधिबेशनबाट शुरु भएको कारबाही र प्रतिकारबाहीबाट शुरु भएको बिभाजन फुकुओकामा भएको साधारण सभासम्म आईपुग्दा भने त्यसको स्वरुप नै परिवर्तित देखिन्थ्यो । उक्त बिबादमा केहि ब्यक्तिले केन्द्रिय कमिटिका बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ्गलाई खुल्ला पत्र लेख्दै चुनौति समेत दिएको थियो । हिजोको उक्त साधारण सभा असफल हुनुमा एक पक्षले जीतको संज्ञा दिदै चुनौतिकारहरु फुकुओकामा पराजित भएको समेत आभाष गरिएको केहि एनआरएनए बुझेका अग्रजहरुको बुझाई समेत रहेको छ ।
एनआरएनए जापानद्धारा आयोजित उक्त साधारण सभा शुरुवाति चरणबाट नै बिधि र बिधान बिपरित शुरु भएको र संस्थापन पक्ष अर्का पक्षको आवाजलाई पेलेर नै अगाडि बढुने रणनितिमा रहेको आरोप समेत लागेको थियो । उल्लेख्य मात्रामा युवाहरुको उपस्थितिमा संचालन भएको उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ्ग र कोषाध्यक्ष कालिका थापा आफुप्रति लागेको आरोप छानबिन गरेर समाधान गरेपछि मात्र साधारण सभा अगाडी बढाउनु पर्ने माग सहित बिरोधमा उत्रिएका थिए । सभामा कोषाध्यक्षले आफुमाथि आर्थिक घोटलाको आरोप लागेकोले आर्थिक प्रतिबेदन सभामा पेश गर्न असमर्थ रहेको जनाउ दिएपछि कार्यक्रममा अन्योलता सृजना भएको थियो ।
साधारण सभा सम्बन्धि कोषाध्यक्ष र बरिष्ठ उपाध्यक्षको धारणा