जापान, असोज ४ ।
नेपालको काठमाण्डौ जिल्ला थानकोट घर भइ बिगत ५ वर्ष अघि बिद्यार्थी भिषामा जापान आउनु भएका एक नेपाली बिद्यार्थीले आत्महत्या गरेको जानकारी प्रँप्त भएको छ । जापानको फुकुओका स्थित ईजिरीमा बसोबास गर्ने हाल निहोन केइजाइ दाइगागुको तेश्रो वर्षमा अध्ययनरत अर्चना भुर्तेलको आज बिहान १स्३० मा आफ्नो रुममा आत्माहत्या गर्नु भएको अवस्थामा भेटिएको सम्बन्धित ब्यक्तिबाट जानकारी प्राप्त भएको हो । यो दुःखद घटनाले जापानबासी नेपालीलाई स्तब्ध बनाएको छ । केही समय अघि देखि पुरुष साथी सँग लिभिङ्ग टुगेदरमा रहेको र हाल निजको ब्वाईफ्रण्ड कामको सिलसिलामा ओसाका गएको बुझिएको छ । सामाजिक संजालमा निरन्तर कुरा भईरहे पनि पछिल्लो समय आपसी बिबादका कारण आत्महत्या गरेको बुझिएको छ ।
हाल जापान पुलिसबाट ईन्भेष्टीगेसन भईरहेको र निज अर्चना भुर्तेल निहोन केईजाई दाईगाक्कोमा अध्ययनरत रहेकोले थप जानकारी पुलिस तथा निहोन केहिजाई दाईगाक्कोबाट सार्वजनिक हुने जानकारी प्राप्त भएको छ । परिवार स्रोतले मृत अर्चनाको पार्थिक शरिर नेपाल पठाउन अनुरोध आएको र सो को लागि जापान पुलिस रिर्पोट र ईमिग्रेशनसँग थप छलफल भईरहेको एनआरएनए जापानका सचिब तथा ईजिरि निवासी देबराज उप्रेतीले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । भिजन अनलाईन न्युज परिवार मृत आत्माको चिर शान्तिको कामना व्यक्त गर्दै मृतक परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस भन्ने कमाना व्यक्त गर्दछु।जापानमा दिन प्रति दिन यस्ता घटनाहरु बृद्धि भइरहेको कारणले नेपाली समुदायलाई अत्यन्त चिन्तित बनाएको छ आत्महत्या रोकथामको प्रयत्न गर्न हामीले जनचेतना मुलक कार्यक्रमहरु आयोजना गर्न आवश्यक परेको महसुस गरेको छौ ।