क्यूशु नेप्लिज वेलफिअर सोसाईटि औपचारिक उदघाटन कार्यक्रम सम्पन्न, अध्यक्षमा कैलाश बुढ़ाथोकी सर्वसम्मत चयन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1073 पटक हेरिएको

जापान, असोज २ ।  

जापानको फुकुओका स्थित किताक्युस्यु कोकुरामा पनि पछिल्लो समय नेपाली समुदायको उपस्थितति बाक्लो हुदै गईरहेको सन्दर्भमा नेपाली समुदायलाई एकिकृत गर्ने उद्देश्यले उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले क्युस्यु नेप्लिज वेलफियर सोसाईटिको गठन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी नवगठित क्युस्यु नेप्लिज वेलफियर सोसाईटिको औपचारिक उदघाटन गरिएको हो । आज गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान सदस्य तथा आगामी कार्यकालका एसिया प्यासिफिक क्षेत्रका उप–संयोजकका उम्मेद्धार टंक गैरेको प्रमुख अतिथिमा प्रत्यक्ष तथा जुम भर्चुअल मार्फत नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले उक्त संस्थाको गठन गरेको हो । भिजन अनलाईन न्युजको कार्यकारी निर्देशक तथा नेपाल आदिबासी जनजाति महासंघ, क्युस्यु क्षेत्रिय कार्यसमितिका सचिब सन्तमान शाक्यको पहलमा त्यहाँका नेपाली युवा युवती लगायतका नेपाली समुदायलाई एकताबद्ध गरी उक्त संस्थाको स्थापना गरिएको हो ।

एक महिना देखिको लगातारको छलफल र बहसबाट सन्तमान शाक्यको संरक्षण र कैलाश बुढाथोकिको नेतृत्वमा क्युस्यु नेप्लिज वेलफियर सोसाईटि गठन गर्न सफल भएको हो । बिगत लामो समयदेखि किताक्युस्यु, कोकुरामा बसोबास गर्दै आईरहेका नेपाली समुदायहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रम गरी जापान सरकारको कोभिड नियन्त्रणका मापदण्डको पालना गरी सम्पन्न गरिएको थियो ।

नवगठित क्युस्यु नेप्लिज वेलफियर सोसाईटिको उक्त कार्यक्रममा बिशेष अथितिको रुपमा एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष सजीब चाम्लिङ्ग राई तथा महासचिब शिशिर लिङ्गदेन र हाम्रो नेपाल हामी नेपालीका संयोजक धर्म राज अधिकारी ज्युको समेत उपस्थिति रहेको थियो । यस्तै उक्त औपचारिक कार्यक्रममा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, सचिब देबराज उप्रेती, एनआरएन क्यूशुका संयोजक अर्जुन बगाले थापा, नेफ़िन क्यूशुका अध्यक्ष रोशन कुमार राई, फ़ूकूओका नेपाल सोसाईटीका अध्यक्ष माधव सिग्देल लगायतको जुम भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो । जापानको फुकुओका किताक्युस्युमा बसोबास गर्ने नेपाली समुदायलाई जापानका सम्पुर्ण संघसंस्थाका अध्यक्ष लगायतका प्रतिनिधिहरुसंघ साक्षात्कार गर्ने उद्देश्यले पनि सम्पुर्ण संघसंस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको कार्यक्रम आमन्त्रण गरिएका अधिकांश संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरुको उपस्थिति रहेको थियो । उपस्थित प्रमुख अतिथि, बिशेष अतिथि, अतिथि ज्युहरूले शुभकामना मन्तव्य राखदै किताक्यूशुमा नेपालीहरुलाई एकताबद्द गर्ने उद्देश्यले क्यूशु नेप्लिज वेलफिअर सोसाईटी गठन गर्न सफल भएको सम्पूर्ण टीमलाई बधाई तथा कार्यकालको शुभकामना दिएका थिए । उक्त कार्यक्रममा सहभागी प्रमुख अतिथि तथा बिशेष अतिथि ज्युहरूले संस्था गठन भन्दा पनि त्यसलाई नीति नियमसंगत र बिधी बिधान अनुसार निरन्तर सक्रीए भएर काम गर्नु ठुलो चुनौती रहेको बताएका थिए । नेतृत्व बिकास गर्दै अगाड़ी बढ़न हौसल्ला प्रदान गर्दै आगामी दिनमा सहकार्य गर्दै अगाड़ी बढ़ने प्रतिबद्दता समेत जनाएका थिए ।

नवगठित क्युस्यु नेप्लिज वेलफियर सोसाईटि हाललाई १६ सदस्यीय कार्यसमिति गठन गरिएको छ भने आजको कार्यक्रममा सहभागि भएका मध्ये अधिकांशको पनि संस्थामा जोडिन ईक्छुक देखिएकोले संस्थाको पहिलो औपचारिक बैठकबाट अन्य ३ जनालाई कार्यसमितिमा जोडिने भएको छ । आजको औपचारिक कार्यक्रमबाट उक्त संस्थाको संरक्षकको भूमिकामा भिजन अनलाईन न्युजका कार्यकारी निर्देशक सन्तमान शाक्य रहेको छ भने उक्त संस्थाको अध्यक्षमा भने कैलाश बुढाथोकी निर्बिरोध निर्वाचित भएका छन । उक्त संस्थामा उपाध्यक्षमा भने सुमन वाईबा, महिला उपाध्यक्षमा सोफिया मगर, महासचिबमा शिला मल्ल ठकुरी, सचिबमा अञ्जन शर्मा, कोषाध्यक्षमा बिशाल गिरी निर्वाचित भएका छ । उक्त संस्थाको सदस्यमा भने राजन कुमाल, प्रल्हाद रिजाल, सुजन राई, बिकास कार्की, प्रमे आचार्य, बिजय राई बिर्वाचन भएका छन । सल्लाहकारको भूमिकामा भूपेन्द्र बहादुर बोट, प्रकाश खड्का र सुदिप शिलाकार निर्वाचित भएका छन । नवगठित कार्यसमितिका सम्पुर्ण पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुलले आज भएको औपचारिक घोषणा कार्यक्रममा मार्फत प्रमुख अतिथि टंक गैरेको उपस्थितिमा पद तथा गोपनियताको सपथ खाई आधिकारीक रुपमा संस्थामा सक्रिए भएका छन ।

औपचारिक उदघाटन कार्यक्रमका झलकहरू फोटामा 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार