काठमाडौँ , असोज २ ।
नेपालमा कोरोना संक्रमण दर अहिले सम्म कै धेरै देखिएको छ । नेपालमा आज सम्मकै धेरै २ हजार २० नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले जनाएको छ । आज २ हजार २० नयाँ संक्रमित फेला परे संगै कुल कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार हाल १७ हजार ३ सय ८३ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै काठमाडौँ यपत्यकामा पनि दिनहु संक्रमण दर बढ्दै गएको छ । यहि क्रममा आज सबै भन्दा बढि ८ सय ५९ जना फेला परेका मन्त्रालयले जनाएको छ । आज काठमाडौँमा ६ सय ९८ , भक्तपुरमा ८२ जना , ललितपुरमा ७९ जना संक्रमित थपिएका हुन ।
सात कोरोना संक्रमितको निधन
आज थप सात कोरोना संक्रमितको निधन भएको छ । आज ५ पुरुष र २ महिला गरी ७ कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज मृत्यु हुनेहरुमा काठमाडौँका ८५ वर्षीया महिला , काठमाडौँकै ८८ वर्षीष पुरुष , भक्तपुरका ८२ वर्षीया पुरुष , ललितपुरकी ६६ वर्षीषय महिलाले ज्यान गुमाएका छन् ।
यसैगरी आजै मोरंगका ६६ र ६६ वर्षे दुइ पुरुष र नवलपरासीका ३१ वर्षीया पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।