एनआरएनए जापानद्वारा नेपाल फेष्टिबलको आयब्यय सार्वजनिक, इतिहास मै पहिलो पटक २१ लाख भन्दा बढी खूद नाफा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  211 पटक हेरिएको

जापान, असोज १ ।   

गैरआवासीय नेपाली संघ(एनआरएन) जापान र नेपाली राजदूतावास जापानले टोकियोमा सम्पन्न गरेको नेपाल फेष्टिवल २०२२ को आयब्याय एक पत्रकार सम्मेलन मार्फ़त सार्वजनिक गरेको छ । गत जुलाई महिनाको ३० र ३१ तारिख टोकियोको नाकानो सिकी पार्कमा सम्पन्न भएको १२औं नेपाल फेस्टिवलको आयव्याय शुक्रबार सार्वजनिक गरेको हो ।

एनआरएन जापानले सार्वजनिक गरेको आयव्ययको हिसाब अनुसार नेपाल फेस्टिवल टोकियो पहिलो पटक आर्थिकरुपमा नाफामा देखिएको जानकारी दिएको छ । विगतका दिनमा गरीएका हरेक कार्यक्रमहरु घाटा भएको देखाउदई आएका एनआरएनए जापानले पहिलो पटक नेपाल फेस्टिवल नाफामा गएको रिपोर्ट सार्वजनिक गरेको थियो। शुक्रबार साँझ एनआरएन जापानले आयोजना गरेको प्रेसमिटमा कोषाध्यक्ष कृष्ण गैरेले २१ लाख ७५ हजार ५ सय १५ येन बचत भएको जानकारी दिए।

टोक्योमा आयोजना भएको यस वर्षको नेपाल फेस्टिवलमा २ करोड ९४ लाख ५ हजार ५ सय ५५ ऐन आम्दानी भएकोमा १ करोड ५५ लाख ९५ हजार ४ सय ८५ ऐन खर्च र ८ लाख येन उठन बाँकी हुँदा २१ लाख ७५ हजार भन्दा बढी बचत गर्न सफल भएको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष तथा फेष्टिवल आयोजक समितिका आर्थिक संयोजक नवीन न्यूउरेले बताउनु भयो ।

नेपाली राजदुतावास जापान र एनआरएन जापानले सयुक्त आयोजना गरेको फेस्टिवलमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानले विशेष आयोजना गरी नेपाली कला संस्कृति, भेषभुषा, नेपाली खाना आदिका बारेमा जापानी नागरिकलाई जानकारी दिँदै जापानमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको थियो।

जुलाईमा सम्पन्न भएकाे १२औं नेपाल फेस्टिवललाई राष्ट्रिय सभाध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गरेका उदघाटन गरेका थिए। यस वर्ष जापानमा नेपाल फेष्टिवल टोकियो, फुकुओका र नागोंया गरी ३ ठाउँमा सम्पन्न गरेको थियो ।

एनआरएनए जापानद्वारा सार्वजनिक आयव्यय विवरण  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार