बामदेब गौतम राष्ट्रिय सभामा मनोनित, राष्ट्रियसभाको गरिमालाई आँच पुर्याउने काम नगर्ने गौतमको प्रतिबद्धता

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1169 पटक हेरिएको

काठमाडौं, असोज १ ।  .

राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् । सपथसँगै राष्ट्रियसभा सदस्य बामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् ।

सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गरे । राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने भन्दै उनले भने, ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन ।’ समाजवादमा जाने संकल्प पूरा भूमिका निर्वाह गर्नेबाहेक अर्को स्वार्थ नभएको समेत उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार