क्युस्यु नेप्लिज वेलफियर सोसाईटिको औपचारिक घोषणा कार्यक्रम सेप्टेम्बर १८ तारिक गरिने, टंक गैरेको प्रमुख अतिथिमा सम्पुर्ण संचारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  699 पटक हेरिएको

जापान, भदौ १ ।  

पछिल्लो समय जापानमा नेपाली हरुको उपस्थिति बाक्लिदै गईरहेको छ । लगभग १ लाखको हाराहारीमा नेपाली समुदायको उपस्थिति रहेको जापानमा नेपाली समुदायहरु एकिकृत हुन क्रम पनि जारी छ । जापानमा बसोबास गर्ने नेपालीहरु पछिल्लो समय नेपाली समुदायमा आईपर्ने समस्या समाधानार्थ बिभिन्न संघसंस्थाको गठन तथा सहकार्य गरी रहेका छन । सोही क्रममा जापानको फुकुओका स्थित किताक्युस्यु कोकुरामा पनि पछिल्लो समय नेपाली समुदायको उपस्थितति बाक्लो हुदै गईरहेको सन्दर्भमा नेपाली समुदायलाई एकिर्कत गर्ने उद्देश्यले उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले क्युस्यु नेप्लिज वेलफियर सोसाईटि मार्फत नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले उक्त संस्था गठन गरेको छ । भिजन अनलाईन न्युजको कार्यकारी निर्देशक तथा नेपाल आदिबासी जनजाति महासंघ, क्युस्यु क्षेत्रिय कार्यसमितिका सचिब सन्तमान शाक्यको पहलमा त्यहाँका नेपाली युवा युवती लगायतका नेपाली समुदायलाई एकताबद्ध गरी उक्त संस्थाको स्थापना गरिएको हो ।

एक महिना देखिको लगातारको छलफल र बहसबाट सन्तमान शाक्यको संरक्षण र कैलाश बुढाथोकिको नेतृत्वमा क्युस्यु नेप्लिज वेलफियर सोसाईटि गठन गर्न सफल भएको हो । बिगत लामो समयदेखि किताक्युस्यु, कोकुरामा बसोबास गर्दै आईरहेका नेपाली समुदायहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रम गरी भोलि शनिबार सेप्टेम्बर १८ तारिकको दिन आईसिसि सदस्य तथा एसिया प्यासिफिक उप–संयोजकका उम्मेद्धार समेत रहेका टंक गैरेको प्रमुख आथित्यमा प्रत्यक्ष तथा जुम भर्चुअर माध्यमबाट जापानबाट संचालित सम्पुर्ण संचारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

नवगठित क्युस्यु नेप्लिज वेलफियर सोसाईटि भोलि हुने कार्यक्रममा बिशेष अथितिको रुपमा एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष सजीब चाम्लिङ्ग राई र हाम्रो नेपाल हामी नेपालीका संयोजक धर्म राज अधिकारी ज्युको समेत उपस्थिति रहने भएको छ । यस्तै भोलि हुने औपचारिक कार्यक्रममा जापानमा स्थापित बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहने छ । जापानको फुकुओका किताक्युस्युमा बसोबास नेपाली समुदायलाई जापानका सम्पुर्ण संघसंस्थाका अध्यक्ष लगायतका प्रतिनिधिहरुसंघ साक्षात्कार गर्ने उद्देश्यले पनि सम्पुर्ण संघसंस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको कार्यक्रम संयोजक समेत रहेका भिजन अनलाईन न्युजका कार्यकारी निर्देशक सन्तमान शाक्यले जानकारी गराउनु भयो ।

नवगठित क्युस्यु नेप्लिज वेलफियर सोसाईटि हाललाई १६ सदस्यीय कार्यसमिति गठन गरिएको छ भने त्यसलाई पछि अन्य ईक्छुक ब्यक्तिलाई पनि जोड्न सकिने बताउनु भयो । उक्त संस्थाको संरक्षकको भूमिकामा भिजन अनलाईन न्युजका कार्यकारी निर्देशक सन्तमान शाक्य रहनेछ भने उक्त संस्थाको अध्यक्ष भने कैलाश बुढाथोकी रहने भएको छ । उक्त संस्थामा उपाध्यक्षमा भने सुमन वाईबा, महिला उपाध्यक्षमा सोफिया मगर, महासचिबमा शिला मल्ल ठकुरी, सचिबमा अञ्जन शर्मा, कोषाध्यक्षमा बिशाल क्षेत्री रहने छ । उक्त संस्थाको सदस्यमा भने राजन कुमाल, प्रल्हाद रिजाल, सुजन राई, बिकास कार्की, प्रमे आचार्य, बिजय राई रहेको छ । सल्लाहकारको भूमिकामा भने भूपेन्द्र बहादुर बोट, प्रकाश खड्का र सुदिप शिलाकार रहेको छ । नवगठित कार्यसमितिका सम्पुर्ण पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुलाई भोलि हुने औपचारिक घोषणा कार्यक्रममा मार्फत प्रमुख अतिथि टंक गैरेको उपस्थितिमा पद तथा गोपनियताको सपथ खुवाउने भएको छ ।

प्रेस बिज्ञप्ति  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार