जनजाति महासंघ क्युस्यु र भिजन अनलाईन न्युजको सहकार्यमा फुकुओकामा पहिलो गाक्कोउ सेचुमेईखाई आयोजना हुदै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1931 पटक हेरिएको

जापान, भदौ ३१ ।  

बैदेशिक रोजगारी, अध्ययन तथा बिभिन्न पेशा ब्यबसायको सिलसिलामा बिदेशियका नेपालीहरुको बिभिन्न सामाजिक संघसंस्थाहरुले बिदेशी भुमिमा बिबिध गतिबिधिहरु गर्दै आईरहेको छ । यसै सनदर्भमा जापानको फुकुओका तथा क्युस्यु क्षेत्रमा रहेको नेपाल आदिबासी जनजाति महासंघ क्युयु क्षेत्रीय कार्यसमिति पनि एक जनजातिहरु सम्मिलित एक नेपाली सामाजिक संस्था हो । यस संस्थाले जापानको फुकुओकामा बिबिध कार्यक्रमहरु गर्दै आईरहेको छ । अघिल्लो बर्ष जापान रेडक्रस सोसाईटिसँगको सहकार्यमा फुकुओकाको हाकाता र सिमिन सेन्टरमा गरी दुई स्थानमा उल्लेख्य नेपाली समुदायको उपस्थितिमा बृहत रक्तदान कार्यक्रम गरी जापानिजहरु माझ राम्रो छाप छोड्न सफल भएका जनजाति महासंघले यस बर्ष भने बिश्व कोरोना भाईरस (कोभिड–१९) बाट आक्रान्त भईरहेको अवस्थालाई ध्यानमा राखि नेपाली समुदाय तथा नेपाली बिद्यार्थीहरुलाई सहजीकरण गर्न भन्दै पहिलो Open Campus-2020 तथा गाक्कोउ सेचुमेई खाई आयोजना गर्ने भएको छ ।

यहि सेप्टेम्बर २६ तारिक शनिबारको दिन फुकुओकामा रहेको बिभिन्न बिश्वबिद्यालय र सेनमोन गाक्कोउहरुको सहभागितामा Zoom Meeting को माध्यमबाट Open क्याम्पसको आयोजना गरिएको संस्थाका अध्यक्ष भिम बहादुर गुरुङ्गले भिजन अनलाईन न्युजसँगको बिषेश अन्तवार्तामा जानकारी दिएका थिए । नेपाल आदिबासी जनजाति महासंघ, क्युस्यु क्षेत्रीय कार्यसमिति र भिजन अनलाईन न्युजको सहकार्यमा हुन लागेको उक्त जुम Open क्याम्पसको सम्पुर्ण प्राबिधिक ब्यबस्थापन भने भिजन अनलाईन न्युज जापानले लिने भएको छ ।

कोरोना भाईरसबाट आक्रान्त भईरहेको बिश्व समुदाय आज बिबिध कठिनाई भोग्दै आईरहेको र यसबाट नेपाली समुदाय पनि प्रत्यक्ष प्रभाबित भएकोले बिषेशत नेपाली बिद्यार्थीहरुमा गाक्कोउ तथा बिश्वबिद्यालय छनौट प्रक्रियामा देखिएको समस्याको समाधानार्थ फुकुओकाको बिश्वबिद्यालय र सेनमोन गाक्कोउ गरि १५ कलेजहरुको सहभागितामा उक्त Open क्याम्पस तथा सेचुमेईखाई आयोजना गर्न लागिएको पनि अध्यक्ष भिम बहादुर गुरुङ्ग जानकारी गराउनु भयो ।

गाक्कोउ सेचुमेईखाई सम्बन्धि महासंघको प्रेस बिज्ञप्ति

थप जानकारीको लागि तलको भिडियो हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार