जापान, भाद्र ३१ ।
जापानको फुकुओकामा अवस्थित निशिनिहोन अन्तर्राष्ट्रिय शिक्षण संस्थानमा अध्ययनरत विद्यार्थीहरुको अन्यौलता हटाउन एनआरएनए जापान क्युसु क्षेत्रीय समितिले महत्वपूर्ण पहल गरेको छ । केहिदिन अघि, त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीहरुलाई बन्दी बनाई मानव अधिकारको जघन्य उल्लंघन गर्ने गरेको पुस्टि भएपछि अध्यागम सेवा एजेन्सीबाट ५ वर्षको लागि जापानी भाषा विद्यालयको सम्बन्धन नै खारेज गरिदिए पश्चात त्यहाँ अध्ययनरत ५ सय भन्दा बढि नेपाली विद्यार्थीहरुमा पिर चिन्ता तथा अन्यौलता छाएको थियो । विद्यालयको सम्बन्धन खारेज गरिदिएको अवस्था र अन्यन्त्र सर्ने तथा पढाई निरन्तरता दिने विषयमा विद्यालयले कुनै ठोस निर्णय नगरेको भन्दै, त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीको अन्यौलतारुर्ण मनस्थिति र यसको समाधानकै विकल्पहरु खोजिदिन गरिएको याचनाहरु केहि जापानी संचार माध्यमहरुले प्रकाशन गर्दै आएका थिए ।
एनआरएनए जापान, क्युसु क्षेत्रीय समितिले यहि सेप्टेम्बर १५ तारिख जारी गरेको विज्ञप्ती अनुसार, उक्त विद्यालय तथा अध्यागमन सेवा एजेन्सीका अधिकारीहरुसंग भेट गरि विद्यार्थीहरुको समस्या सल्झाउन गरिएको उल्लेख गरिएको छ ।
विज्ञप्तीका लेखिएको अनुसार – गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमिति जिम्मेवार निकायहरु अध्यागमन सेवा एजेन्सी, उक्त शिक्षण संस्थान एवं अन्य सरकारी निकायसंग विभिन्न छलफल गर्दै आइरहेको कुरा अवगत गर्दछौं । हामीहरु संग २०२२ सेप्टेम्बर १४ तारीख भएको बैठकमा उक्त शिक्षण संस्थानका प्रिन्सिपलले यस घटनाबाट आम जनमासमा पर्न गएको असर प्रति क्षमायाचन गरेका छन् । उनले अन्य कलेजमा ट्रान्सफर गर्न छिट्टै नै सहज बनाउने र यही कलेजमा पढ़न चाहने तथा विविध कारणले कलेज ट्रान्सफर गर्न नसक्नेहरुलाई निरन्तर पढाउने जानकारी गराउनुको साथै कलेजबाट ठोस निर्णय नआउन्जेल सम्म धैर्य धारण गरी बिद्यार्थीहरुलाई निरन्तर आफ्नो पढाइ अगाडी बढाउन अपिल गरेका छन ।
त्यस्तै, अध्यागमनका अधिकारीसंग विभिन्न चरणमा भएको कुराकानी अनुसार उक्त कलेज रद्द भए पनि हाल अध्ययनरत विद्यार्थी भाइबहिनीहरुलाइ कुनै असर नपर्ने जानकारी गराउदै निर्धक्क भई आफ्नो अध्ययन जारी राख्न समेत अनुरोध गरीएको छ ।
एनआरएनए जापान क्यूशुद्वारा जारी बिज्ञप्ति