सरकारले बिधुत प्राधिकरणको निमित्त कार्यकारिको जिम्मेवारि कोईरालालाई दियो, कुलमानको नाम मन्त्रीपरिषदमा गएन

  भिजन अनलाईन न्युज सम्बाददाता प्रकाशित:  1102 पटक हेरिएको

काठमाडौँ , भदौ ३१ ।

नेपाल विद्युत प्राधिकरणको निमित्त खाली रहेको कार्यकारी निर्देशकको जिम्मेवारी अब लेखनाथ कोइरालालाई दिइएको छ। ऊर्जा मन्त्री वर्षमान पुनले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालाई निमित्तको जिम्मेवारी दिइएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

प्राधिकरणमा उपकार्यकारी निर्देशकको भूमिकामा रहेका कोइरालालाई वरिष्ठताको आधारमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि रिक्त पदको जिम्मेवारी दिइएको हो । गत आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको आज विद्युत प्राधिकरणबाट बिदाइ गरिएको थियो ।

उनको पुनर्नियुक्ति हुनुपर्ने भन्दै चौतर्फी आवाज उठेपनि हालसम्म मन्त्रीपरिषदबाट निर्णय हुन सकेको छैन । प्राधिकरणको कार्यकारि अधिकृतमा पुन कुलमान घिसिङलाई नै नियुक्त गर्नुपर्ने भन्दै माईतिघरमा युवाहरुले प्रदर्शन्न समेत गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार