एकाबिहानै सिन्धुपाल्चोक केन्द्र बनाएर ६ रेक्टरस्केलको भुकम्पको धक्का, क्षेतिको बिबरण आउन बाकि

  भिजन अनलाईन न्युज सम्बाददाता प्रकाशित:  405 पटक हेरिएको

काठमांडौ, भदौ ३१ । 

बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । उनका अनुसार ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प गएको हो ।

अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला कडा धक्कासहितको भूकम्पको झड्का काडमाडौंसहित विभिन्न जिल्लामा महसुश भएको थियो । भूकम्पबाट केकति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन । पछिल्लो समय ५ रिक्टरस्केलसम्मको भूकम्प गइरहेपनि सो भन्दा माथिका भूकम्प लामो समयपछि आएको हो ।  भूकम्प पश्चात सामाजिक संजालमा सबैले महसूस गरेको पोष्ट राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार