‘घरधनीले भाडावालसँग आफुख़ुशी विद्युत् शुल्क लिन नपाउने’ : कुलमान घिसिङ

प्रकाशित:  759 पटक हेरिएको

काठमांडौ, भाद्र २९ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरधनीले भाडावालासँग विद्युत्‌को शुल्क लिँदा व्यापार गरेको पाए आफूले हस्तक्षेप गर्ने बताएका छन्।

पत्रकार सम्मेलनमा कुलमान घिसिंग लगायत प्राधिकरण टिम

आफूले प्राधिकरणको नेतृत्व सम्हालेको तीन वर्ष पुगेको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै घिसिंगले तीन वर्षअघि लोडशेडिङ रहेका बेला घरधनीले जुन दरमा बिजुलीको शुल्क लिएका थिए त्यही आधारमा अहिले पनि लिइराखेको गुनासो आउने गरेको बताएका हुन्।

“घरधनीले आफूले विद्युत्‌को महसुल जुन दरमा बुझाउने गरेको छ त्यही दरमै डेरामा बस्नेहरूसँग पनि लिनुपर्छ,” उनले भने, “तीन वर्षअघि लोडशेडिङ हुँदा घरधनीले प्रतियुनिट ४० रुपैयाँ लिने गरेको र त्यो अहिलेसम्म पनि कायम रहेको भन्ने गुनासा हामीकहाँ आएका छन्।”

कुलमान घिसिङले विद्युत् प्राधिकरणको कार्यकारी पद सम्हाल्नुअघि हिउँदमा दैनिक १८ घण्टासम्म लोडशेडिङ हुने गरेको थियो। कुलमान घिसिंगले बिधुत प्राधिकरणको नेतृत्व सम्हालीसके पछि भने लोडशेडिङ हुन छाडेको हो ।

अबका मुख्य योजना

  • विगतमा लोडशेडिङ हटाउनु मुख्य चुनौती रहेकोमा अब प्राधिकरणले प्रसारण तथा वितरण लाइन र सबस्टेशनको सुदृढीकरण र विस्तारलाई अभियानकै रूपमा अगाडि बढाउने
  • जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरूलाई ‘गेम चेन्जर’ आयोजनाको रूपमा अघि बढाउने
  • स्मार्ट मिटर जडान गरी स्वचालित बिलिङ लागु गर्ने
  • २०७९ भित्र सबै नेपालीको घरमा विद्युत्‌को पहुँच पुर्‍याउने
  • १० वर्षभित्र १० हजार मेगावाट खपत गर्न सक्नेगरी वितरण प्रणालीको विस्तार एवं स्तरोन्नति गरिने
  • यो आर्थिक वर्षमा विद्युत् चुहावटलाई १२ प्रतिशतमा झार्ने
  • माथिल्लो तामाकोशी, रसुवागढी, सान्जेन आदि आयोजनाबाट करिब एक हजार मेगावाट विद्युत् प्रणालीमा थपिने
  • ढल्केबरमा निर्माणाधीन उच्च क्षमताको सबस्टेशनलाई चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याउने

अबको आर्थिक बर्षमा प्राधिकारणले यी आयोजनाहरू सम्पन्न गरेको खण्डमा नेपालले बिधुत व्यापार गरी देशको अर्थतन्त्रमा ठुलो राहत हुने समेत बताऊँछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार