खतिवडालाई सरकारको बिशेष आर्थिक सल्लाहकारमा नियुक्ति, मन्त्रिसरहको सेवा सुबिधा दिने निर्णय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  545 पटक हेरिएको

काठमाडौं, भदौ ३० ।

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकारका रूपमा नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सरकारको बिशेष आर्थिक सल्लाहकार नियुक्त गरेको हो ।

राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए । पार्टीभित्रको बिबाद मिलाउनको लागि राष्ट्रियसभामा बामदेव गौतमलाई पठाउने पार्टीले निर्णय गरेपछी पुन: मन्त्रि हुने बाटो रोकिएको थियो । पार्टी भित्र खतीवडालाई पुन:अर्थमन्त्रि नै बनाउने प्रधानमन्त्रिको चाहना भए पनि बामदेबले राष्ट्रियसभामा जाने जनाऊ दिएपछी खतीवडाको सम्भावना सकिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार