काठमाण्डौं, भदौ ३० ।
नेपालमा आज १४ सय ५९ नया संक्रमित थपिएका छन् । देशभर १० हजार ३ सय ७५ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ कुल संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । अब सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेका छन् । त्यस मध्य संस्थागत आईसोलेसनमा ८१३९ रहेका छन् भने होम आईसोलेसनमा ७६४० जना रहेका छन् ।
्यस्तै २४ घण्टामा १ हजार ६२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । यो सगैँ कोरोना मुक्त हुनेको संख्या ४० हजार ६ सय ३८ जना रहेका छन् । अब क्वारेन्टाईनमा क्वारेन्टाईन ७२५० जना रहेका छन् ।
११ जना कोरोना संक्रमितको निधन
आज थप ११ जना कोरोना संक्रमितको निधन भएको छ । गएको २४ घण्टामा ४महिला र ७ पुरुष गरी ११ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जनाए अनुरुप आज काठमाडौँ उपत्यकामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उपत्यकामा मृत्यु हुनेहरुमा काठमाडौँका ३४ , ९६ र ६६ वर्षीया पुरुष र काठमाडौँकै ८३ वर्षीया महिला रहेका छन् ।
यसैगरी उपत्यका बाहिर ७ जनाको मृत्यु भएको छ । आज सर्लाहीका ६४ वर्षीया पुरुष , सिरहाका ३५ वर्षे पुरुष, बाराका ५५ वर्षीया पुरुष र बाराकै ५५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट ज्यान गएको हो । त्यस्तै मकवानपुरका ६१ वर्षीया पुरुष , रुपन्देहीकी ६४ वर्षीया महिला र कपिलवस्तुका ५८ वर्षीया पुरुषको निधन भएको छ ।