नेपालगंज भाद्र २८ । पर्यटन तथा नागरिक उड्यान मन्त्रि योगेश भट्टराई कैलालीको टिकापुरमा आयोजित डलफिन महोत्सवको कार्यक्रम सकेर काठमान्डौ फर्कने क्रममा केही समय ढीला भएकोले बुध्ह एअरको प्लेन डिले हून पुगेको थियो । धनगढिबाट नेपालगंज आऊने क्रममा प्लेन लगभग १ घण्टा डिले भएको यात्रुहरूले रेकड गरेको भिडियोमा सुन्न सकिंछ । मन्त्रिका कारण प्लेन डिले भएपछी बुद्ध एअरमा यात्रा गर्ने यात्रुहरूले स्पष्टीकरण मागेको थियो तर मन्त्रि भने मौन बसेका थिए ।
केही समयको विवादपछी प्लेन काठमांडौको लागी उडेको थियो । काठमांडौ अबतरण भईसके पछी भने मन्त्रि भट्टराईले सामाजिक संजाल फेसबुकबाट भोली संसदमा सांसदहरूको प्रश्नको जबाफ दिनु पर्ने कार्यतालिका भएकोले आजै काठमांडौ आउनु पर्ने बाध्यता भएकोले बुद्ध एअरलाई अनुरोध गरी पर्खन लगाएको स्पष्टीकरण दिएका थिए । प्लेन भित्र प्रतिक्रिया माग्ने मध्य नेपालगंज बिमानस्थलमा ३/ ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु । सामाजिक संजाल फेसबुकमा लेखेका छन ।
https://www.facebook.com/adhikari2043/videos/891675784558699/