जापान, भदौ २९ ।
सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टिको नेतामा बिजय भयसंगै जापानले नयाँ प्रधानमन्त्रीको रुपमा सुगालाई पाउने निश्चित भएको छ । प्रधानमन्त्रीको चुनाव भने १६ तारिख हुनेछ ।
जापानका तत्कालिन प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारणले राजीनामा दिएपछि उनको उत्तराधिकारी चयनका लागि पार्टीमा चुनाव भएको थियो । बिभिन्न चरणमा गरिएको चुनावमा सुगाले कुल मतको ३७७ मत प्राप्त गरी लिडर बन्न सफल भएका हुन । दुबै प्रतिनिधिमण्डलको साधारण सभामा डाएटका सदस्यहरू र प्रिफेक्चरल फेडरेशनका प्रतिनिधिहरूले मतदान गरेका थिए ।
सुगाले ३७७ मत प्राप्त गर्दा प्रतिस्पर्धामा उत्रेका अन्य दुई प्रतिस्पर्धी किशिदा वोतेस ८७ र इशिबाशीले ६८ मत प्राप्त गरेका थिए । उनलाई पार्टीको लिडर तथा अध्यक्षको रुपमा भने १५ गते अधिकारीक रुपमा घोषणा गरिने जनाएको छ । त्यस पश्चात जापानको खाली रहेको प्रधानमन्त्रिको पदको लागि निर्वाचनमा जानेछ । उक्त निर्वाचन १६ गते तल्लो र उपल्लो सदनको मुख्य बैठकमा प्रधानमन्त्रीको चुनाव हुने तय भएो छ र त्यही चुनाबबाट उनी प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको हो ।
सिन्जो आबेको बाँकी कार्यकाल सम्हाल्न लागेका उनी अर्को बर्षा प्रधानमन्त्री बन्न नसकेको खन्डमा जापानको ईतिहासमा सबै भन्दा थोरै समय प्रधानमन्त्री बन्ने रेकर्ड सुगाको नाममा रहने छ । स्मरण रहोस् सिन्जो आबे जापानको ईतिहासमा सबै भन्दा लामो समय सत्ता सन्चालन गर्ने प्रधानमन्त्री हुन ।