
जापान, भदौ २९ ।

जापानको फुकुओमा एक नेपालीको आज बिहान सुतेकै ठाउँमा निधन भएको छ । २ वर्ष अघि जापानको फुकुओकामा प्रशिक्षार्थी भिषामा आएका रुपन्देहीका २९ वर्षका सुवास पान्डेको मृत्यु भएको हो।
आईतबार बिदाका दिन साथिहरुसंग पहाड घुम्न गएका पान्डे सोमबार काममा नआएपछि घरमा जाँदा सुतेकैअवस्थामा मृत भेटिएका जनाएको छ। निजको निधन हृदयघातका कारण भएको आशंका गरिए पनि पुष्टि भने भएको छैन । निजले काम गर्ने कम्पनिमा काम गर्ने नेपालीका अनुसार उक्त घटना हृदयघातका कारणले भएको हुन सक्ने अनुमान गरिएको जनाएको छ ।
एनआरएन जापानका अध्यक्ष देविलाल भन्डारीका अनुसार पान्डेको शवलाई उनि काम गर्ने कम्पनीले नै नेपाल पठाउने तयारी गरेको समेत जानकारी गराए । स्वर्गिय सुवास पाण्डे प्रति भिजन अनलाईन न्युज परिवार हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै शोक शन्तप्त परिवार प्रति धैर्य धारणा गर्ने शक्ति मिलोस भन्दै हार्दिक समबेदना प्रकट गर्दछौँ ।





1944 पटक हेरिएको 















