जापान सेप्टेम्बर १४ । अनौठो मौसम थिएन, तर सन् २०२० को ओलिम्पिक आयोजकहरूले दर्शकहरूलाई गर्मीबाट बचाउन गरेको एउटा नयाँ प्रविधिको परीक्षण थियो।सी फरेस्ट वाटरवे खेलस्थलको दर्शकदीर्घामा झन्डै तीन सय किलो नक्कली हिउँ छरिएको थियो।यसको उद्देश्य यसले तापक्रम र आद्रता कम गर्न सहयोग गर्छ कि गर्दैन भनेर परीक्षण गर्नु थियो।

जुलाईमा टोक्योको तापक्रम ३५ डिग्री सेल्सियस पुग्छ जसले गर्दा आगामी ओलिम्पिकमा दर्शकहरूलाई स्वास्थ्य समस्या हुनसक्ने चिन्ता व्यक्त गरिएको छ।यो खेलस्थलमा ओलिम्पिकका रोइङ् र कनूइङ्का खेलहरू खेलाइने योजना छ।दुई हजार दर्शक क्षमता रहेको यस खेलस्थलका आधा सीटहरूमाथि छानो छैन।
शुक्रवार टोक्यो ओलिम्पिक आयोजक समितिले पाँच मिनेट नक्कली हिउँ पार्ने परीक्षण गरेको थियो।तर यसको नतिजा भने उनीहरूले अपेक्षा गरे अनुरूपको नभएको हुनसक्छ किनभने हिउँ पार्नु अघि र पछिको तापक्रम ठ्याक्कै एउटै रह्यो।समितिका ताकासी ओकामुराले नतिजा अपेक्षाकृत नभएपनि हिउँका अरू फाइदा भएको बताए।

जापानमा हालैका ग्रीष्म मौसमहरूमा देखिएको उच्च तापक्रमले गर्मीका बारेमा चिन्ता बढाएको छ।सन् २०१८ मा गर्मीका कारण एक सातामा कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापान सरकारले प्राकृतिक विपत्ति घोषणा गरेको थियो।सन् २०१९ को जुलाईमा गर्मीमा कारण पाँच हजारभन्दा बढी व्यक्तिहरू अस्पताल पुगेका थिए।
सडक दौड हुने ४२ किलोमिटर सडकमा तापक्रम कम गर्ने प्रविधि प्रयोग गरेर सडकको तापक्रम आठ डिग्रीसम्म कम गरिएको बताइएको छ।अन्य प्रयोगहरूमा सकेसम्म धेरै रुख रोप्ने एवम् वातानुकूलन प्रविधि भएका घरहरूलाई ढोका खुला राख्न अनुरोध गरिएको छ।
सन् २०२० ओलिम्पिक खेलकुद जुलाई २४ देखि अगस्ट ९ सम्म आयोजना हुनेछ।