युएई, भाद्र २८ । धादिंग जिल्लाबाट बैदेशिक रोजगार तथा विभिन्न सिलसिलामा यूएई पुगेका धादिंगबासीहरूको छाता संगठन धादिंग समाज यूएईले आठौ महाधिबेशन प्रसिद्ध खतीवडाको नेतृत्वमा नया कार्यसमिति चयन गर्दै सम्पन्न गरेको छ । धादिंगको बिभिन्न स्थानहरूमा प्रत्यक्ष सहयोग तथा हातेमालों गर्दै आएका धादिंग समाज यूएईले आगामी दिनमा पनी यस्ता काममा गति दिने कुरामा पनी नया कार्यसमिति प्रतिबद्ध रहेको पनी जानकारी गराउनु भयो ।
धादिङमा विभिन्न सामाजिक कामहरुका क्रियाशिल देखिँदै आएको यस समाजको आठौ अधिबेशनबाट धादिङ सिद्धलेक निवासी प्रसिद्ध खतिवडा अध्यक्षमा चयन भएका हुन् ।
सम्पूर्ण प्रवासी धादिङबासीहरु एकजुट होऔं भन्ने मुल नाराका साथ अगाडी बढेको धादिङ समाज युएईको आठौ अधिबेशनबाट उपाध्यक्षमा शंकर श्रेष्ठ, इश्वर भट्ट, रिता लामा, महासचिवमा तेजबहादुर बिश्वकर्मा, सचिव नेत्र अर्याल, सचिव तथा प्रवक्तामा दिपक खड्का र कोषाध्यक्षमा पुष्प बहादुर गुरुङ चयन भएका छन् ।
भाद्र २७ गते अर्थात September १३ तारिक शुक्रबार सम्पन्न भएको उक्त अधिबेसनले १२ जना सदस्य समेत सर्वसहमतिले चयन गरेको छ जसमा मनिता पण्डे, सुनिता बिश्वकर्मा, सुजन अधिकारी, इन्द्र सिंखडा, ठुलोभाई कडेल, बद्रीप्रसाद खतिवडा, प्रकाश लोहनी, तलबहादुर कुँवर चयन गर्दै सम्पन्न गरेको हो । कार्यसमितिमा आइ काम गर्न चाहने र बाकि सदस्यहरु पछी चयन गर्ने बताउनुहुनछ ।