सिन्धुपाल्चोक, भदौ २८ ।
शनिबार राती निरन्तरको बर्षापछि २ बजेर ४६ मिनेटमा बस्तीमाथिबाट आएको पहिरोले घुम्थाङको १८ घर बगाएको हो । घरका सबै सदस्य बेपत्ता भएका छन् । भीरखर्कका १०, नागपुच्छेका ८ घर र किम्बे गाउँमा पहिरोले बगाएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले बेपत्ताहरुको खोजी र उद्धारको कार्य जारी रहेको बताएका थिए ।
लगातार परेको वर्षाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा खसेको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । नागफुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र ९८ वर्षीया ट्याक्सी शेर्पाको शव पहिचान भएको छ । भीरखर्क बिकटोलकी २३ वर्षीया जुनु बिक, २४ वर्षीय शुकलाल बिक र ८ वर्षीय बालक सन्देश बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रकाश सापकोटाले बताए ।
पहिरोमा परेर नेवारटोलका ६० वर्षीय सर्किनी नेवार र ६५ वर्षीय धनलाल नेवारको शव फेला परेको छ । पहिरोका कारण २४ जना बेपत्ता भएको डिएसपी सापकोटाले बताए । उक्त पहिरोमा परेर बेपत्ता हुनेहरुको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जवनाएको छ ।