रुस, भाद्र २६ ।
बिगत एक बर्षदेखि जारी रुस युक्रेन युद्धका बिच अन्तराष्ट्रिय समर्थनको लागि दुबै देश निरन्तर बिभिन्न देशको सम्बन्ध प्राप्तका साथै हतियार सप्लाईको लागि निरन्तर सम्बाद र सहयोग आदान प्रदानमा लागिरहेको छ । यसै बिच रुसको समर्थकको रुपमा बाहिर आएका उत्तर कोरियाका राष्ट्रपति किमजोङ्ग उन रुस भ्रमणमा निस्किएका छन । बिश्व शक्तिशालि राष्ट्र अमेरिकालाई समेत हिट गर्ने उत्तरकोरियाका राष्ट्रपति किम जोङ्ग उन बिशेष सुरक्षा घेरा बिच रुस पुगेका छन । युक्रेन र रुस बिचको युद्धका बिच किम रुस पुग्नुलाई बिश्वले बिशेष रुपमा हेरिरहेका छन । भने उत्तरकोरिया र रुसका समेत दुश्मनको रुपमा देखिएका अमेरिकाका राष्ट्रपति बाईडेन भारतमा सम्पन्न जी–२० सम्मेलनको समापन पश्चात युरोप भ्रमणमा निस्किएका छन भने युक्रेन पनि जाने कार्यक्रम रहेको जनाएको छ । किम र बाईडेनको रुस र युक्रेनको भ्रमणलाई कहि तेस्रो बिश्व युद्धको शुरुवाती हुने होईन भन्ने कोणबाट बिचार ब्यक्त गर्न शुरु गरिसकेका छन । उत्तरकोरियाका राष्ट्रपति किम जोङ्ग उनलाई बिश्वका बिभिन्न देशका नेताहरुले तानाशाही नेताको रुपमा प्रस्तुत गर्दै आईरहेको छ ।
उत्तर कोरियालाई पछिल्लो समय नाकाबन्दी समेत गर्दै आईरहेको छ । उत्तरकोरिया पछिल्लो समय बिश्व शक्तिशाली राष्ट्रको रुपमा स्थापित हुदै आईरहेको छ । उत्तरकोरिया पछिल्लो समय आन्तरिक उत्पादनलाई बढावा दिदै आन्तरिक उत्पादनलाई बढावा दिदै आईरहेको छ । बिश्व शक्ति राष्ट्र अमेरिका लगायतका देशहरुले नाकाबन्दी गरेसँगै आर्थिक साथै बाह्य आयातित बस्तुमा समेत कमी आएकोले बिभिन्न समस्यामा जुद्दै आएका छन । हाल रुस भ्रमणमा रहेका उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग उनको भ्रमणलाई उत्तरकोरियालि जनताले समेत रुसबाट धेरै अपेक्षा समेत गरिरहेको छ । हाल रुस युद्धमा रहेकोले रुसलाई पनि युद्धको लागि गोलिबारुदका युद्धका सामाग्रीको आबश्यक छ सोहीको पुर्तिको लागि र दुई देश बिच बिशिष्ट सम्झौता हुने अपेक्षा समेत गरिरहेको छ ।
यस अघि उत्तर कोरियाको राष्ट्रिय दिवस परेडको कार्यक्रममा बिहेष दुतका रुपमा रुसका रक्षामन्त्रि उत्तरकोरिया पुगेका थिए त्यस पश्चात बिश्व बजारमा तरङ्ग पैदा भएको थियो । बिश्व राजनितिमा समेत बिभिन्न किसिमका चिन्ता र चासोका साथ हेरिएको थियो । अमेरिकाको प्रमुख दुश्मनको रुपमा रहेको रुस, चीन र उत्तरकोरिया पछिल्लो समय एक साथ आउदा बिश्वले चिन्ता र चासोको रुपमा हेरिरहेको थियो । उत्तरकोरियाको राष्ट्रिय कार्यक्रमहरुमा अन्तराष्ट्रिय मित्र राष्ट्रका राजदुत लगायतका कुटनितिक पाहुनाहरु उपस्थिति पनि कमै हुने गरेको छ । तर उत्तर कोरियाले बिशेष रुपमा चीन र रुसलाई नै बिशेष रुपमा आमन्त्रण गर्दै आईरहेको बिभिन्न संचार माध्यमबाट प्रस्तुत भईरहेको छ ।
किम जोङ्ग उनको रुस भ्रमणले भारतमा जारी जी–२० सम्मेलनलाई समेत ओझेलमा पारेकोम आभाष भएको थियो । किमको रुसभ्रमणलाई लिएर बिश्वका राजनिति नै बदलिने समेत आकलन गर्न थालेका छन । बिश्व राजनिति र अर्थ ब्यबस्थाबाट अलग रहेका उत्तरकोरियाका राष्ट्रपति एकाएक रुस पुग्दा रुस युक्रेन युद्धलाई समेत प्रभाब पार्ने आकलन समेत गर्न थालिएका छन । किमको रुस भ्रमणमा बिभिन्न किसिमका अन्तराष्ट्रिय मुद्धा आर्थिक, सामाजिक, ब्याबार अन्तराष्ट्रिय नाकाबन्दी लगायतका बिषयमा छलफल र रुसले उत्तरकोरियाको आबश्यकतालाई सम्बोधन गर्ने र उत्तरकोरियाले रुसको युद्धलाई औपचारिक समर्थनका साथै हातहतियार गोलाबारुदको सहयोग गर्ने मुद्धामा हस्ताक्षरका साथै आणबिक हतियार निर्माणमा समेत उत्तरकोरियालाई रुसको साथ सहयोग र समर्थत गर्ने जनाएको छ । उत्तर कोरिया हातहतियार उत्पादनमा त्यति मजबुद नभएक पनि हातहतियार निर्माण र उत्पादनमा आबश्यक कर्चा पदार्थ रुसद्धारा सहयोग गरि उत्पादन बढाउने र सोही हातहतियार रुस निर्यात गर्नेसम्मको तयारी रहेको बुझिएको छ ।
पछिल्लो समय उत्तर कोरियाले अमेरिकालाई च्यालेन्ज गर्दै आईरहेको र अमेरिकाको हिट लिष्टमा रहेको उत्तरकोरियालाई रुस र चीनको समर्थन बढ्दै जानुले पनि अब बिश्व राजनितिमा समेत उथलपुथल हुने आकलन गरिन्छ । पछिल्लो समय युद्धको पक्षमा बिपक्षमा बिभिन्न राष्ट्रहरु बिभाजन भईरहेको सन्दर्भमा किम रुस पुग्नुले युद्ध अझ फैलिने देखिएको छ । किम जोङ्ग उन रुस भ्रमण बिशेष सुरक्षा घेराभित्र रहि बुलेट प्रुफ ट्रेन मार्फत रुस पुगेका हुन । किमको यात्रामा रहेका ट्रेन बुलेट प्रुभ मात्र नभई मिसाईल हमला लगायतका कुनै पनि ठुलो हमलामा समेत कुनै पनि प्रभाब र असर नहुने जनाएको छ । रुस भ्रमणमा रहेका किम जोन उनको सुरक्षामा तीन ट्रेन रहेको छ भने उक्त ट्रेन भित्र म्युजिक, भिआईपि सुरक्षा, रेडियो स्याटलाईट, मिसाईल सुरक्षा लगायतका सम्मुर्ण उपलब्ध र सुरक्षा घेराभित्र रहेर रुस पुगेका हुन । रुसका भ्लादिमिर पुटिन र किम जोन उन भेटले बिश्व राजनितिमा ठुलै प्रभाब पार्ने स्पष्ट छ । किमले आफ्ना भ्रमणमा सेनाका रक्षामन्त्रि, गृहमन्त्रि, परराष्ट्रमन्त्रि, प्रधानसेनापति, परमाणु बिभागका महानिर्देशक, बेज्ञानिक तथा साईन्स बिभागका महानिर्देशक, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायतका बिशिष्ट पदाधिकारीहरुको सहभागिता गराईएको जनाएको छ ।