काठमांडौ भाद्र २७। राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका तीन जनाको नाम सिफारिस भएको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। शिक्षा मन्त्रालयका अनुसार समितिले एक नम्बरमा प्रा.डा. सुरेन्द्र शेरचन, दुई नम्बरमा प्रा.डा. शम्भुकुमार पहारी र तीन नम्बरमा प्रा.डा. श्रीकृष्ण गिरीलाई सिफारिस गरिएको थियो । समितिले सिफारिस गरेको नाम मन्त्रिपरिषदले अनुमोदन गर्दै श्रीकृष्ण गिरीलाई नियूक्त गर्ने निर्णय गरेका हो ।
सिफारिसको एक नम्बरमा परेका डा. शेरचन मानसिक अस्पतालका पूर्व निर्देशक हुन्। पाटन अस्पतालमो उनकै अगुवाइमा मानसिक रोगका विषयमा अध्यापनको काम सुरु भएको थियो। उनले रुसबाट एमबीबीएस र एमडी अध्ययन गरे ।
दोस्रो नम्बरको सिफारिसमा परेका डा. पहारीले लामो समय वीर अस्पतालमा काम गरे । उनी इन्टरनल मेडिसिनका विज्ञ हुन्। अवकासपछि उनले लुम्बिनी र युनिभर्सल मेडिकल कलेजमा प्राध्यापनको काम समेत गरेका थिए। उनी कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा निजी चिकित्सक समेत थिए।
तेस्रो नम्बरको सिफारिसमा परेका डा. गिरी हाडजोर्नी विशेषज्ञ हुन्। उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व रेक्टर हुन्। चिकित्सा शिक्षा ऐन अनुसार शुल्क निर्धारण समितिको सदस्यका रुपमा समेत उनले काम गरेका छन्। हाल उनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन्।
बिगतका दिनमा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्नु पर्छ भनि बिभिन्न चरणका आन्दोलन गरेका डा. गोविन्द के.सि. र सरकार बीच भएका सहमतिलाई तार्किक निष्कर्षमा पूर्याउन हिजो बसेको मन्त्रिपरिषदको बैठकबाट चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा. डा. श्रीकृष्ण गिरिलाई नियुक्त गरेको हो । प्रधानमन्त्रि अध्यक्ष रहने उक्त आयोगमा शिक्षा स्वास्थ्य तथा खेलकूद मन्त्रालयका मन्त्रि र सचिब पनी सदस्य रहने व्यवस्था रहेको छ ।
पछिल्लो पटक स्वास्थ्य शिक्षा बिश्वबिध्यालय नै गठन गर्ने गरी सहमति गरेपछी भने प्रा. डा. गोविन्द के. सि. ले आफ्नो माग सम्बोधन भएकोले आमरण अनशन तोढेक़ो जानकारी गराएका थिए । देशको बिभिन्न क्षेत्रमा गएर बिभिन्न चरणका आन्दोलन गरेका डा. के. सिको माग देश र जनताको अत्याबश्यक भएकोले स्वास्थ्यकर्मी देखी लिएर सम्पूर्णको सहमति थियो । पछिल्लो पटक आमरण अनशन बसेका डा. के. सीका माग भन्दा पनी उत्कृष्ट शिक्षा आयोग संगै शिक्षा स्वास्थ्य बिश्वबिध्यालय नै गठन गर्ने गरी स्वास्थ्य बिधेयक ल्यायपछी भने अनशन तोढ्न बाध्य भएका थिए ।
पछिल्लो समय भने प्रा. डा. गोविन्द के.सि ले सरकारको निर्णय प्रति कुनै अधिकारिक प्रतिक्रिया दिएको छैन । चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष नियुक्ति गरेसंगै चिकित्सा शिक्षा आयोग र चिकित्सा शिक्षा बिश्वबिध्यालयको बाकि तयारी तथा नीतिनिर्माणको काम तीव्र रूपमा हुने आकलन गर्न सकिन्छ ।