धादिंग समाज यूएईको आठौ महाधिबेशन भोली

धादिंग समाज यूएईको आठौ महाधिबेशन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1450 पटक हेरिएको

यूएई सेप्टेम्बर १२ । धादिंग जिल्लाबाट बैदेशिक रोजगार तथा विभिन्न सिलसिलामा यूएई पुगेका धादिंगबासीहरूको छाता संगठन धादिंग समाज यूएईले भोली आठौ महाधिबेशन गर्दै छ । धादिंगको बिभिन्न स्थानहरूमा प्रत्यक्ष सहयोग तथा हातेमालों गर्दै आएका धादिंग समाज यूएईले भोली नया नेतृत्व चुन्दै छ ।

धादिंगबासीहरुको बाक्लो उपस्थिति रहेको यूएईमा बिगतका दिनमा बिभिन्न सांस्कृतिक तथा बिभिन्न राजनीतिक र बौधिक ब्यक्तित्वहरूको उपस्थितिमा बिभिन्न कार्यक्रम समेत आयोजना गर्दै आईरहेको छ । अब बन्ने नया कार्यसमितिले पनी धादिंग र धादिंगबासीको मर्म र भावना अनुरूप काम गर्न सफल हूनेमा बिश्वत रहेको एक ब्यक्तिले जानकारी दिनु भयो । भिजनअनलाइन न्युज परिवार धादिंग समाज यूएईको आठौ महाधिबेशन सफलताको शुभकामना व्यक्त गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार