जनजाति महासंघले गर्न लागेको भलीबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

फुकुओका भलीबल प्रतियोगिता २०१९

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1735 पटक हेरिएको

फुकुओका, सेप्टेम्बर 12। जनजातिहरूको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ, क्यूशु क्षेत्रीय कार्यसमिति फुकुओका, जापानले यही अक्टोबर १२ तारिक फुकुओकाको हाकातामा आयोजना गर्न गईरहेको पहिलो रनिंग कप भलीबल प्रतियोगिता २०१९ को सम्पूर्ण तयारी पुरा भएको आयोजक कमिटिले जानकारी गराएको छ । बिश्वभरी छरीएर रहेका जनजातिहरूको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ नेपाल सरकारबाट मान्यता प्राप्त पुरानो संस्था हो । जापानको फुकुओकामा पनी बाल्को उपस्थिति रहेको जनजातिहरूले बिगत ३ बर्ष अगाडी मात्र नेपाल आदिवासी जनजाति महासंघ, क्यूशु क्षेत्रीय कार्यसमितिको गठन गरेको हो ।

बिगतका दिनमा निष्क्रिय रहेको महासंघ पछिल्लो समय आदिवासीहरूको बिभिन्न संस्थाका अध्यक्षहरू र बौधिक बर्गको संलग्नता रहने गरी नया कार्यसमिति पुनर्गठन गरीसकेपछी भने फुकुओकामा सक्रिय भूमिकामा रही नेपाल र नेपालीहरूको पहिचान र अस्तित्वलाई जापानिजहरू सामु बिभिन्न गतिबिधि तथा कार्यक्रमहरू गरी प्रचारप्रसार गर्ने रणनीतिका साथ अघि बढिरहेको छ । पुनर्गठित कार्यसमितिबाट छोटो समय मैं नेपाल र जापनिज नागरिकहरुको मन जित्ने गरी कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ । केही महीना अगाडी मात्र नेपाल आदिवासी जनजाति महासंघ , क्यूशु कार्यसमितिले जापान रेडक्रस सोसाईटीसंगको सहकार्यमा फुकुओकाको सिमीन सेन्टर र हाकतामा ५०-६० जना नेपालीहरूको उपस्थितिमा फुकुओका मैं पहिलो पटक बृहत् रक्तदान जीवन दान कार्यक्रम आयोजना गरेर जापनिजहरू माँझ आफ्नो छाप छोड़न सफल भएको आयोजकहरूको ठम्याई छ ।

भीम बहादुर गुरुंगको नेतृत्व रहेको महासंघले पुनः यही अक्टोबर १२ तारिकको दिन आयोजना गर्न गईरहेको भलीबल प्रतियोगितामा हालसम्म टोक्योबाट २ टीम गरी ७ टीमले टीम दर्ता गराएको आयोजक कमिटिले भिजन अनलाइन न्युज टीमका संवाददातालाई जानकारी गराउनु भयो । ३०००० जापनिज एन दर्ता शुल्क तोकिएको भलीबल प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार , दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार जापनिज एन , मेडल र प्रमाणपत्रको व्यवस्था रहेको पनी जानकारी गराउनु भयो ।

भलीबल प्रतियोगिताको लागी टिम दर्ता समय अझ बाक़ी रहेकोले जापानबासी खेल प्रेमीहरूलाई आफ्नो टीम दर्ता गरी खेलमा सामेल हून समेत एक प्रेस बिज्ञप्ति जारी गरी अनुरोध गरीसकेको पनी आयोजक कमिटिले बताउनु भयो । सकेसम्म धेरै टिमलाई खेलमा सामेल गराउने रणनीतिमा रहेका महासंघले छिट्टै एक प्रेसमिटको आयोजना गरी खेलबारे जानकारी गराउने आयोजक कमिटिले जनाएको छ । उक्त भलीबल प्रतियोगितामा फुकुओकामा रहेका सम्पूर्ण संघसंस्थाहरू सह-आयोजकको भूमिकामा रहने पनी जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार