ललितपुरमा उपचारको क्रममा काठमाडौँका एक र भक्तपुरका दुइ गरि तीन जना कोरोना संक्रमितको मृत्यु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  966 पटक हेरिएको

ललितपुर ,भदौ २७ ।  

ललितपुरमा उपचारको क्रममा काठमाडौँका एक र भक्तपुरका दुइ गरि तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुस्थीत पाटन अस्पतालमा उपचाररत काठमाडौँका ५१ वर्षीया पुरुषको बिहान २ बजे मृत्यु भएको हो । उनी भदौ १९ गतेदेखि अस्पताल भर्ना भएका थिए।

यसैगरी मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ३८ वर्षीय पुरुषको शनिबार बिहान ७:४० बजे मृत्यु भएको छ। उनी भदौ २६ गते अस्पताल भर्ना भएका थिए।

पाटन अस्पतालमै भक्तपुरका ७२ वर्षीय वृद्धको मृत्यु भएको छ। उनको शुक्रबार राति पौने १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। उनी भदौ १७ गतेदेखि भर्ना भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार