काठमाडौं, भदौ २५ ।
संबिधान सभाका पुर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयहातका कारण निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले जनाएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रि लगायतका शिर्ष नेताहरु पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ साल यता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।
ईलाम जिल्लाको इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल समेत परेका थिए ।
नेपाली राजनितिको शालिन नेताको छबि बनाएका नेता नेम्बाङ्ग एक कानुनका बिज्ञ समेत रहेकोले नेपाली राजनितिमा निकै प्रभाब पार्न सक्ने नेता समेत हुन । आफ्ना कुरा स्पष्ट राख्ने स्वच्छ छबि भएका नेता नेम्बाङ्गको आजै अन्त्यष्टि गरिने जनाएको छ ।