काठमाण्डौँ, भदौ २६ ।
नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको स्थानीय पूर्वाधार बिभाग (डोलि) ले आज नयाँ महानिर्देशकको रुपमा गण्डकी प्रदेश सरकारको तत्कालिन सचिब तथा स्थानीय पूर्वाधार बिकास तथा कृषि सडक बिभाग डोलिडार का पूर्व उप–महानिर्देशक समेत रहेका ई. ईश्वर मरहट्टालाई महानिर्देशकको रुपमा पाएको छ । स्थानीय पूर्वाधार बिभाग डोलि का महानिर्देशक रामचन्द्र श्रेष्ठको गण्डकी प्रदेशमा सरुवा भएपछि खालि रहेको महानिर्देशक पदमा सह–सचिब तथा तत्कालिन गण्डकी प्रदेश सचिब समेत रहेका ई.मरहठ्ठा आएका हुन ।
एक युवा ईन्जिनियर समेत रहेका ईश्वर मरहठ्ठा ईन्जिनियरबाट सरकारी सेवामा नियुक्त भएका थिए । तत्कालिन स्थानिय पूर्वाधार बिकास तथा कृषि सडक बिभाग डोलिडार बाट सेवा शुरु गरेका ई. मरहठ्ठा अधिकृत स्तरबाट सिनियर डिभिजन इंजिनियर हुदै लोकसेवा आयोगले लिएको २०७३ को सह–सचिबको परिक्षाबाट नाम निकालि सह–सचिब तथा उप–महानिर्देशकको जिम्मेवारीमा डोलिडार आएका थिए । अधिकृतस्तरबाट सिनियर डिभिजन इंजिनियर हुदै एक बर्षको अन्तरालमा सह–सचिबमा नाम निकाल्ने डोलिडारका पहिलो प्राबिधिक ईन्जिनियर समेत हुन मरहठ्ठा ।
अध्ययनमा लगनशिल र अनुशासित महानिर्देशक ईश्वर मरहठ्ठा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कान्छो सह–सचिब तथा बिभागको महानिर्देशक समेत हुनुहुन्छ । २०७२ सालको भूकम्प पश्चात नेपाल सरकारको भूकम्प पुनर्निर्माण आयोजना प्रमुखको समेत जिम्मेवारी समालिसकेका ई. ईश्वर मरहठ्ठा गण्डकी प्रदेश सरकारको सचिबको रुपमा समेत कार्यभार सम्हालि हालै मात्र मन्त्रालय आएका थिए ।
स्थानीय पूर्वाधार बिभागका महानिर्देशक रामचन्द्र श्रेष्ठ गण्डकी प्रदेश सरकार अन्तर्गत सरुवा भई गए पछि खालि रहेको उक्त पदमा डोलिडारका अर्का सह–सचिब तथा उप–महानिर्देशक ई.गणेश राज बस्ती, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह–सचिब तथा जिल्ला प्राबिधिक कार्यालय धादिङ्गका पूर्व प्रमुख ई.भरत अर्याल र ई.ईश्वर चन्द्र मरहठ्ठा महानिर्देशकको दौडमा लागेका थिए । सेवाकालिनको हिसाबले गणेशराज वस्ती सिनियर भएता पनि सरकारले स्थानीय पूर्वाधार बिभागको जिम्मेवारी भने ई ईश्वर मरहठ्ठालाई दिएको हो ।
सरकारले मरहठ्ठालाई जिम्मेवारी दिएसँगै अर्का प्रतिस्पर्धी गणेशराज वस्तीले भने सामाजिक संजाल फेसबुकमा सरकारको निर्णयका कारण आफु स्थानीय पूर्वाधार बिभागको महानिर्देशकको जिम्मेवारीको लागि अयोग्य भएको र आगामी दिनमा पनि उक्त बिभागको महानिर्देशकको जिम्मेवारी नदिन समेत अनुरोध गर्दै सामाजिक संजाल फेसबुकमा आफ्ना बिचार ब्यक्त गरेका छन । स्थानीय पूर्वाधार बिभाग डोलि का नवनियुक्त महानिर्देशक ई.ईश्वर मरहठ्ठा ज्युलाई भिजन अनलाईन न्युज परिवार हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ ।
अर्का प्रतिस्पर्धी ई.गणेशराज वस्तीको फेसबुक स्टाटस हेर्न यहाँ क्लिक गर्नुहोला।
