प्रचण्ड कार्यकारी अधिकार सहित पार्टीको नेतृत्वमा , एमसीसीलाइ परिमार्जन गरी अनुमोदन गर्ने नेकपाको निर्णय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  558 पटक हेरिएको

काठमाडौँ , भदौ २६ । 

सत्तारुढ दल नेकपाको स्थायी कमिटीको बैठक सकिएको छ । आज बसेको बैठकबाट विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको हो। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय भएको छ ।

बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षको कार्यविभाजन टुंगो लगाइएको भन्दै प्रधानमन्त्री समेत रहेका ओली सरकारका काम कारबाहीमा मात्र केन्द्रीत रहने निर्णय भएको बताए ।

यस्तै पार्टी अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी कामको नेतृत्व गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार सरकारका कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्ने छैन । तर महत्त्वपूर्ण निर्णयहरुमा पार्टीका मार्गनिर्देशनलाई केन्द्रमा राखेर सरकारले निर्णय गर्नुपर्ने हुन्छ । आजको बैठकमा स्थायी समिति सदस्यहरु रघु पन्त, लिलामणि पोख्रेल, भीम आचार्य, माधव नेपाल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका मात्रिका यादव, भीम रावल अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजीले धारणा राखेका थिए ।

ती सदस्यले धारणा राखेपछि प्रचण्डले प्राप्त सुझावका सन्दर्भमा आफ्नो धारणा राखेका थिए भने त्यसपछि विभिन्न निर्णय गर्दै बैठक सकिएको थियो । श्रेष्ठका अनुसार छलफलका क्रममा उठेका सुझावलाई समेत प्रचण्ड र ओलीले अघि सारेको १५ बुँदे प्रस्तावमा समावेश गर्ने निर्णय भएको छ ।

पारित प्रस्तावमा राष्ट्रियताको विषयमा एकढिक्का भएर अघि बढ्ने, पार्टीलाई गतिशील बनाउने, विधि र पद्धति अनुसार पार्टी अघि बढ्ने, पार्टीका निर्णयलाई कार्यान्वयनमा लैजाने जस्ता महत्वपूर्ण विषय रहेका छन् । आज बसेको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०लाई संशोधन तथा परिमार्जन सहित अनुमोदन गर्ने निर्णय समेत गरेको प्रवक्ता नारायणकाजि श्रेष्ठले पत्रकारहरुलाई जानकारी गराएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार