विप्लवका छोरा प्रकाश चन्द चितवनबाट पक्राउ

प्रकाश चन्द पक्राउ

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  374 पटक हेरिएको

चितवन , भदौ २५ । सरकारबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।

उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए ।

प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ । उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शर्माले अनलाइनखबरलाई जानकारी दिए । अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विप्लवको पार्टीको जनवर्गीय संगठन जनस्वास्थ्यकर्मी महासंघका महासचिवसमेत रहेका प्रकाश चन्दको नेतृत्वमा बिगतका दिनहरुमा विभिन्न ठाउँमा निशुल्क स्वास्थ्य शिविर समेत सफलताका साथ संचालन तथा सम्पन्न गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार