जापानको नागोयामा कोरोना संक्रमित एक नेपाली महिलाको निधन, निधन हृदयघातका कारण भएको अनुमान

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  107 पटक हेरिएको

जापान, भदौ २५ ।  

जापानको नायोगा क्षेत्रमा बसोबास गर्ने एक नेपाली महिलाको असामहिक निधन भएको छ । कोरोना संक्रमणबाट ग्रसित बागलुङ गल्कोट नगरपालिका पाण्डपखानी स्थायी घर भई हाल पारिवारिक भिषामा, जापानको आईची प्रान्तको नागोया केनमा बस्ने बेलु पुन मगरको कोभिड संक्रमणका कारण निधन भएको हो । स्रोतका अनुसार, उनलाई कोरोना संक्रमण भएको लक्षणहरु देखापरेपछि,कोरोना परिक्षण गर्दा पोजिटिभ रिजल्ट आएको थियो ।

यद्यपी निकट स्रोतले जनाए अनुसार कोरोना पोजिटिभ देखिएता पनि उनको निधन भने हृदयघातका कारण भएको हुनसक्ने अनुमान गरिएको छ, तरपनि निजको निधन कोरोना संक्रमणबाट भएको हो वा हृदयघातका भएको हो भन्ने पुष्टि भैसकेको भने छैन । मृतक पुन मगरको श्रीमान दक्ष कामदार भिसामा जापानमा कुक पेशामा आवद्ध छन् भने ३ जना छोराछोरी रहेका छन् ।

निजले काम गर्ने कम्पनीमा काम गर्ने जापनिज तथा बिभिन्न देशका ब्यक्तिहरुमा अत्यधिक मात्रामा कोरोना संक्रमित भएको बुझिएको छ । पछिल्लो समय नागोया क्षेत्रमा बसोबास गर्ने नेपालीहरुमा कोरोना संक्रमणको मात्रा तिब्र रुपमा बढेको पाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार