राष्ट्रिय सभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस, संविधानसभा सदस्य जेबी टुहुरे र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  294 पटक हेरिएको

काठमाण्डौँ, भदौँ २५ ।  

गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभामा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेस गरेका छन् । शुक्रबार दिउँसो बसेको बैठकमा गृहमन्त्री खाँणले अध्यादेश पेस गरेका हुन् । अध्यादेश पेस गर्ने बेला एमालेका राष्ट्रिय सभा सदस्यहरुले उभिएर विरोध जनाएका थिए । एमालेका सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभामा सभामुख अग्नीप्रसाद सापकोटा, सरकार र निर्वाचन आयोगले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका १४ जना सांसदहरु संरक्षण गरेर पार्टी फुटाउने काम गरेको भन्दै बैठक चल्न नदिने जानकारी गराएका थिए ।

उनले लोकतन्त्रलाई मास्ने काम, दलीय प्रणालीलाई कमजोर पार्ने काम सरकार, प्रतिनिधिसभाका सभामुख र निर्वाचन आयोग मिलेर गरेकोले त्यसको विरोधमा बैठक अवरुद्ध गर्नु परेको स्पष्ट पारे । एमालेले गत २३ गते बुधबारबाट सुरु भएको संघीय संसदको दुवै सदन अवरुद्ध पार्दै आएको छ । प्रतिनिधि सभामा नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्दै संसद चल्न दिएको छैन भने अहिले सभामुख सापकोटाले १५ मिनेटको लागि संसद बैठक स्थगित गरेको छ ।

राष्ट्रिय सभाले संविधानसभा सदस्यहरू जेबी टुहुरे र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आगामी बैठक भदौ २८ गते बस्ने गरी राष्ट्रिय सभा बैठक स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभालाई जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार