जापान, भदौँ २४ ।
जापान सरकारले जारी गरेको भ्याक्सिन पासपोर्ट अब विश्वका ३४ देशहरुमा स्विकृत भएको छ । पछिल्लो सम्झौता अनुसार क्यानडा, फ्रान्स र सिंगापुरले पनि जापानको भ्याक्सिन पासपोर्टलाई मान्यता दिने भएका छ । बिश्व कोरोना भाईरसबाट आक्रान्त भईरहेको सन्दर्भमा हाल बिश्वका लगभग सबै राष्ट्रहरुले कोरोना बिरुद्धको खोप कोभिड–१९ भ्याक्सिन लगाईरहेको छ । लगभग आधा जनसंख्याले उक्त खोप लगाईसकेको र खोप लगाईसकेका आफ्ना नागरिक र जापानमा बसोबास गर्ने बिश्वका अन्य नागरिकलाई कोभिड–१९ भ्याक्सिन काडलाई डिजिटल रुपमा उपलब्ध गराउने जापान सरकारको तयारी रहेको छ ।
हालसम्म जापान सरकारले जारी गर्ने उक्त भ्याक्सिन कार्डलाई बिश्वका ३४ राष्ट्रले यात्रा अनुमति दिने भएको हो । कोरोना विरुद्धको भ्याक्सिन लगाईसकेकाहरुलाई जापान सरकारले जुलाई २६ बाटै भ्याक्सिन पासपोर्ट जारी गर्न सुरु गरिसकेको छ । हालसम्म कागजीरुपमा रहेको भ्याक्सिन पासपोर्ट आउँदो डिसेम्बर महिनाबाट डिजिटल बनाउने तयारी गरि रहेको जापान सरकारले जनाएको छ । त्यसो भएमा स्मार्टफोनमा क्युआर कोड सहितको भ्याक्सिन पासपोर्ट राख्न तथा प्रयोग गर्न सकिनेछ ।
जापान सरकारले बिभिन्न देशका सरकारलाई औपचारिक रुपमा नै भ्याक्सिन पासपोर्डको बारेमा जानकारी गराई यात्रा अनुमतिको लागि समर्थन मागेको थियो सोही बमोजिम हालसम्म ३४ राष्ट्रले अनुमति दिएको जापान सरकारले संचार माध्यमलाई जानकारी गराएको हो । जर्मनी, हंककंग, क्यानडा, फ्रान्स, लिथुनिया,फुकेट,सामुई,सेन्टकिट्स एण्ड नेभिस, ईटाली, श्रीलंका, टर्कि, पलाओ लगायतका ३४ ओटा मुलुकहरुमा स्विकृत हुने भनिएको छ । यद्यपी जापानले भने कुन-कुन देशको भ्याक्सिन पासपोर्टलाई मान्यता दिने भन्नेबारे केहि बोलेको छैन ।