जापानका पूर्व श्रममन्त्रि मासाकुनी मुराकामीको ८८ बर्षको उमेरमा साईतामाको एक हस्पिटलमा निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  952 पटक हेरिएको

जापान, भदौ २५ ।  

लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का तर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै जापानको श्रम मन्त्री समेत बनेका मासाकुनी मुराकामीको ८८ बर्षको उमेरमा निधन भएको छ । उनी प्रतिनिधि सभाका पूर्व अध्यक्ष पनि हुन । उनको बिहीवार बिहान साइतामा केनस्थित हस्पिटलमा मृत्‍यु भएको जनाएको छ । यध्यपी उनको मृत्‍युको कारण भने खुलाइएको छैन ।

डाएटका सदस्य सचिवको रुपमा समेत काम गरिसकेका उनी १९८० को सिनेट चुनावमा भाग लिएका थिए । र उनी एउटै क्षेत्र बाट लगातार ४ पटकसम्म निर्वाचित हुन सफल नेता समेत हुन । त्यसपछि १९९२ सालमा गठन गरिएको मन्त्री परिषदमा श्रम मन्त्री बन्न सफल भएका उनलाई प्रतिनिधि सभाको तथा मन्त्रिपरिषदको सफल मन्त्रिको रुपमा समेत काम गरे ।

तर २००१ मा भ्रष्ट्रचार गरेको आरोप लागेपछि उनले राजनीति बाट हात धुनु पर्‍यो । उनलाई भ्रष्ट्रचार गरेको आरोपमा सन् २००१ मा पक्राउ परेका उनी बिरुद्द अभियोजन पत्र दर्ता गरे पछि सन् २००८ मा दोषी ठहर गर्दै अदालतले कराबासको सजाए सुनाएको थियो ।

स्रोत:-एनएचके न्युज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार