काठमान्डौ भाद्र २३। विप्लव समुह परित्याग गरी रामेछाप र सिन्धुपाल्चोकका जिल्ला इन्चार्ज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

रामेछाप इन्चार्ज यादव ढुंगेल ‘जमिन’ र गोपाल श्रेष्ठ ‘प्रयास’ नेकपा प्रवेश गरेका हुन् । आफ्नै निवास खुमलटारमा सोमबार साँझ आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराए । नवप्रवेशीहरुलाई स्वागत गर्दै प्रचण्डले नेकपा सबै परिवर्तनकारी क्रान्तिकारीहरुको पार्टी भएको बताए । उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपाका सांसद तथा सिन्धुपाल्चोकका नेता अग्नि सापकोटा पनी उपस्थित भएका थिए ।