काठमाण्डौँ, भदौँ २३ ।
आज भएको बंगलादेश विरुद्धको खेलमा नेपाली महिला फुटबल टिम २–१ ले विजयी भएको छ । दशरथ रंगशालामा गोल मेसिनको रुपमा परिचित साम्बा अर्थात सावित्रा भण्डारीको अनुपस्थितिमा नेपालले दुई एकको जीत निकालेको हो । नेपालका लागि दुबै गोल डेब्यु खेलाडीले गरेका थिए । पहिलो हाफमा नेपालबाट सविता राना र प्रीति राईले एक–एक गोल गरे ।
सबिताले१४ औं मिनेटमै विमला चौधरीको क्रसलाई सदुपयोग गर्दै हेड गोल गरेकी थिई। त्यसैगरी, २२ औं मिनेटमा प्रीतिले नेपालको अग्रता दोब्बर पारिन् । खेलको ८३ बंगलादेशबाट तोहुरा खातुनले एक गोल फर्काइन् । नेपालले एएफसी महिला एशियन कप ९ २०२२ छनोटका लागि तयारी स्वरुप बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको हो । दुई टोलीबीच आइतबार दोस्रो मैत्रिपूर्ण खेल हुनेछ ।