नेपाल सरकारले एमसीसीबारे अमेरिकासँग जबाफ मागेसँगै एमसिसि उपाध्यक्ष नेपाल आए(जबाफ सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  87 पटक हेरिएको

काठमाण्डोँ, भदौँ २३ ।  

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा काठमाण्डौँ आईपुगेकी छन् । एमसीसीका बारेमा राजनीतिक दल र नागरिक स्तरबाट बिरोध तीव्र बनेको पृष्टभूमिमा सरकारले पठाएको प्रश्नहरुको जवाफ हिजो अमेरीकाले पठाएको थियो । त्यसको भोलीपल्ट उपाध्यक्ष फतिमा नेपाल आएकी हुन् । कतारबाट काठमाडौँ आएका उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि छन् ।

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता ९कम्प्याक्ट०मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।

सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ ।

यस परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन् । यस एमसिसि परियोजनामा नेपाल सरकारको पनि लगानी हुने उल्लेख गरिएको छ । तर यस परियोजना नेपालमा लागु गर्न नहुने भन्दै बिभिन्न राजनितिक दल, नेपाली समुदायबाट चर्को बिरोध भईरहेको छ । पछिल्लो पटक पुन सरकारले एमसिसिलाई सदनबाट स्वीकृत गर्ने गरी अघि बढेपछि यसको चर्को बिरोध भएको हो ।

यस्तो छ अमेरीकाको जवाफ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार