जापानको क्युस्यु क्षेत्रमा कर्णाली प्रदेश समाज क्युस्यु गठन, अध्यक्षमा हरिशचन्द्र उपाध्याय र महासचिबमा बिष्णु रोकाय चयन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1281 पटक हेरिएको

जापान, भदौ २४ ।

“कर्णाली प्रदेशको शान,प्रदेशी भुमीमा एकता नै हाम्रो पहिचान भन्ने मुल नाराका साथ क्युस्यु क्षेत्रमा बसोबास गर्ने कर्णाली प्रदेशका जुझारु युवाहरुले कर्णाली प्रदेश समाज क्यूसु जापान गठन गरिएको समाजका महासचिब समेत रहेका बिष्णु रोक्काले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । आज मिति २०२०/०९/०८ का दिन कर्णाली प्रदेशका बिभिन्न जिल्ला बाट अध्ययन, रोजगारि र ब्यबसायको सिलसिलामा जापान आइ हाल जापानको क्युसु, फुकुओका क्षेत्रमा बस्दै आउनु भयका साथिहरु बिच आज एक कार्यक्रम गरि कणाली प्रदेश समाज क्युसु जापान  गठन गरियको हो।

कर्णाली क्षेत्रबाट जापानको फुकुओका आई बसोबास गर्ने नेपाली समाजमा आइपर्ने समस्या समाधान, देश र समाजको निमित्त प्रदेशमा बसेर पनि सानो योग्दान गर्ने उद्देश्यका साथ यो सामाजिक एकताको प्रतिकको रुपमा यो सामाजिक संस्था स्थापना गरियको जनाएको हुन। हामिले आजको बैठक बाट तपसिल को संगठन तय गरिएको महासचिब बिष्णु रोकायले जानकारी गराएको हो ।

उक्त कर्णाली समाज क्युस्यु जापानका अध्यक्षमा हरिश्चन्द्र उपाध्याय, वरिष्ठ उपाध्यक्षमा इन्द्र बस्नेत,  उपाध्यक्ष गौरि प्रसाद न्युपाने, संस्थाको महासचिबमा बिष्णु रोकाया, सचिबमा बिबेक कोइराला, प्रकाश, प्रबक्तामा सुर्य बाबू शाही र कोषाध्यक्षमा बिबेक खड्का रहेका छन भने सदस्यहरुमा दिपक न्यौपाने, पदम बस्नेत, दीपक रावत, बिसाल छेत्री मदन मगर रहेका छन । उक्त समाजको सल्लाहकारमा भने बसन्त धर्तिमगरलाई चयन गरिएको महासचिब बिष्णु रोकायाले भिजन अनलाईनलाई जानकारी गराउनु भयो । नवगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई भिजन अनलाईन न्युज परिवार सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार