
काठमाडौं, भदौ २४ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ । बुधवारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा ११ हजार १६७ पीसीआर परीक्षण गरिएका छन् । हालसम्म ७ लाख ९९ हजार ३४१ परीक्षण भएका प्रवक्ता गौतमले बताए ।
९ सय १८ जना निको भएर घर फर्किए
नेपालमा गएको २४ घण्टामा ९ सय १८ जना निको भएर घर फर्केका छन् । आज ९ सय १८ जना निको भएसंगै नेपालमा कोरोना संक्रमण मुक्त भइ घर फर्कनेको संख्या ३३ हजार आठ सय ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनु ।
अहिले पाचँ हजार चार सय ८० जना क्वारेन्टाइनमा बसेका छन् । यसैगरी संस्थागत आइसोलेसनमा सात हजार ९ सय ८८ जना रहेका छन् भने सात हजार ३७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा कुल कोरोना संक्रमित मध्ये ६८.८ प्रतिशत संक्रमित निको भइ घर फर्किसकेका जनाएको छ ।





557 पटक हेरिएको 















