टोकियो सेप्टेम्बर ९। जापानमा रातारात आएको शक्तिशाली ताइफु फाक्साइले भयंकर हावाहुरी र वर्षासहित टोकियो र चिवा क्षेत्रमा निकै क्षति पु¥याएको छ । ताइफुको कारण रेल सेवा सञ्चाल स्थगित भएको छ भने १०० भन्दा धेरै उडान रद्द हुँदा बिहान यात्रुहरुलाई निकै अप्ठयारो भएको छ । तीव्र हावाहुरीका कारण एक जना महिलाको मृ*त्यु भएको बताइएको छ भने चिबा, कानागावा र शिजुओकामा अन्य ३० जना घाइते भएका छन् ।
https://www.facebook.com/nhkworld/videos/448327692436587/ताइफुले टोकियो बेमा पनि निकै क्षति पुर्याएको छ भने यसका कारण चिबामा पहिरो गएको छ । ताइफु प्रतिघन्टा २१६ किमिको गतिमा बहिरहेको NHK टेलीभिजनले जनाएको छ ।
https://www.facebook.com/nhkworld/videos/938452263156557/सो क्षेत्रमा अहिलेसम्मकै उच्च गतिमा हावा बहने मौसमविद्हरुले चेतावनी दिएका थिए । तर बिहान सोमबार बिहान ८ बजेसम्म पनि आँधी प्रभावित क्षेत्रका ३ लाख ४० हजार बासिन्दालाई अन्यत्र सार्ने गैर– अत्यावश्यक आदेश कायमै छ । २ हजार भन्दा धेरै मानिसहरुले इभ्याकुएशन अधिकारीहरुको आदेश पालन गरेर आश्रयस्थलमा शरण लिएका अधिकारीहरुले बताएका छन् । मध्य जापानको शिजुओकामा उच्च छालले बगाएका ८ जना सर्फरहरुको उद्धार गरिएको छ । ती मध्ये २ जना सर्फरहरुलाई अस्पतालमा लगिएको तर उद्धार गरिएका मध्ये कोही पनि गम्भीर अवस्थामा भने नरहेको अधिकारीहरुको भनाई छ ।
शक्तिशाली आँधीले रुख र विजुलीको लाइनहरु ढलाएको छ । यसको कारण सोमबार बिहान टोकियो क्षेत्रका ९ लाख १० हजार मानिसहरु बिजुली बिना बस्नु परेको जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले बताएको छ । आँधीका कारण शिजुओकामा १० ओटा घर क्षतिग्रस्त भएको, झयालहरु चकनाचुर भएको र कारहरु समेत पल्टिएको स्थानीय सञ्चारममाध्यमहरुले बताएका छन् ।
टोकियोको दक्षिण तिर रहेको तातेयामा एउटा पेट्रोल पम्पमा ठूलो छाना नै खसेर पम्पमा क्षति पुगेको NHK टेलीभिजनले समाचारमा बताएको छ ।चिबाका साथै उत्तरी फुकुसिमा क्षेत्रमा अझै पनि पहिरो जानसक्ने भन्दै मौसम विभागले चेतावनी दिएको छ ।