लण्डन, भाद्र २४ ।
संयुक्त अधिराज्य बेलायत तथा राष्ट्रमण्डल (कमनवेल्थ कन्ट्रीज) की महारानी एलिजावेथ द्धितीयको निधन भएको छ । ९६ बर्षीया महारानीको निधन भएको आज सेप्टेम्बर ८ को दिन उहाँको निजी निवास बालमोलरमा निधन भएको भनी राजदरवारले औपचारिक जानकारी गराएको छ ।
महारानी एलिजावेथ इतिहास मै सबै भन्दा लामो समय विगत ७० बर्षसम्म निरन्तर राज्य सम्हालिरहनु भएको थियो । रानी एलिजावेथ सन् १९६२ मा सिंहासनमा आउनुभएको थियो र आफ्नो राज्यकालमा ठूला सामाजिक परिवर्तन देख्नु भयो। उनको निधनमा बेलायत मात्र होइन संसारभरबाट दु:ख व्यक्त भइरहेको छ। विश्वभरिका नेताहरूले उनको निधनमा दु:ख व्यक्त गरिरहेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि महारानी एलिजावेथको निधनमा दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री देउवाले लेखेका छन्- अनुग्रह, सरलता र अन्य संस्कृति र मानवताप्रतिको सम्मानका कारण नेपालीहरू महामारी एलिजावेथला सधैँ सम्झिरहने छन्।
प्रधानमन्त्री देउवाले आफ्नो ट्विटमा महारानी एलिजावेथले दुई पटक गरेको नेपाल भ्रमणलाई पनि स्मरण गरेका छन्। गद्दी सम्हालेपछि एलिजावेथ पहिलो पटक सन् १९६१ (विस २०१७) मा तत्कालीन राजा महेन्द्रको निमन्त्रणामा नेपाल आएकी थिइन्।