जापान, भदौँ २३ ।
फुकुओका सिटिमा बसोबास गर्ने नेपालीहरुलाई मध्यनजर गर्दै फुकुओका स्थित रहेको नेपाली बाणिज्य दुताबास र एनआरएनए क्युस्युको आयोजनामा लिभिङ्ग सर्पोट सेमिनार आयोजना गर्ने भएको छ । फुकुओका स्थित रहेको नेपाली बाणिज्य दुताबास र एनआरएनए क्युस्युले फुकुओका सिटी, फुकुओका योकातोपिया जाईदान र फुकुओका अध्यागमन ब्युरोको सहकार्यमा उक्त कार्यक्रम् आयोजना गर्न लागिएको एनआरएनए क्युस्युका संयोजक अर्जुन थापाले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।
फुकुओका बाणिज्य दुताबास र एनआरएनए क्युस्युको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकुओका योकातोपिया जाइदान र फुकुओका अध्यागमन ब्यूरोको सहयोगमा ” LIVING SUPPORT SEMINAR BY FUKUOKA IMMIGRATION ” कार्यक्रम आयोजना गर्न लागेको कुरा सहर्ष जानकारी गराउदछौ बिज्ञप्तिमा भनेका छन । २०२१ अक्टोबर १४ तारिख (बिहिबार) साझ ५:३० बजे बाट सुरु हुने कार्यक्रममा कोरोनाको कारणले ब्यबस्थापन गर्नु पर्ने हुदा साझ ५ बजे भित्रमा उपस्थितिको लागि हार्दिक अपिल समेत गरेका छन। कार्यक्रम Fukuoka Asian Art Museum 8F Ajibi Hall मा हुनेछ।
कार्यक्रममा अध्यागमन (इमिग्रेसन) ब्यूरोका बिद्यार्थी भिषा इन्चार्ज, वोर्किंग भिषा इन्चार्जहरुले भिषा आबेदन र यसका प्रक्रियाका बारेमा जानकारी गराउनु हुनेछ। त्यस्तै, भिषा सम्बन्धि आफ्नो समस्या बारे इमिग्रेसनसंग प्रत्यक्ष प्रश्न गर्न समेत सकिने व्यवस्था रहेको छ।
सेमिनार पश्चात भिषा सम्बन्धि बिशेष समस्या परेका १२ जनालाई छुट्टै Individual Consultation को समेत व्यवस्था गरेको जनाएको छ। जसका लागि गुगल फारामको Comment सेक्सनमा गई तपाइको आफ्नो समस्या लेख्नु पर्ने छ। जम्मा १०० जना मात्र सहभागि हुन सक्ने ब्यबस्था रहेको हुँदा समयमै सहभागीको लागि आबेदन गर्नुपर्ने हुन्छ । १०० जना पछि आबेदन आएमा कार्यक्रममा सहभागी पाउने छैन । उक्त कार्यक्रम सम्बन्धि थप जानारीको लागि फुकुओका बाणिज्य दुताबास तथा एनआरएनए क्युस्युको तलको नम्बरमा सम्पर्कको लागि समेत अपिल गरेका छन ।
सम्पर्क: ०९०-८४०७-१४०३