
फुकुओका जापान सेप्टेम्बर८ । गैर आबासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद जापानको हालै सम्पन्न निर्वाचन २०१९ मा जापानको बिभिन्न केनबाट उम्मेद्वारीहरूले बिभिन्न पदमा उम्मेद्वारी दिई आफ्नो दाबी प्रस्तुत गरेका थिए । गैर आबासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको टोक्यो पछीको ठुलो मात्रामा एनआरएनए जापानको सदस्य संख्या रहेको क्यूशु क्षेत्रमा जम्मा ५७६ जना सदस्यता रहेको छ ।
८०० मतका साथ बिजयी केन्द्रीय सदस्य सुपेंद्र घिसिंग
एनआरएनए जापानमा जहिले पनी प्रभुत्व जमाईराख्ने क्यूशु क्षेत्र यस पटक झन अध्यक्ष, २ उपाध्यक्ष र १ सदस्य गरी ४ जनाले इच्छा व्यक्त गर्दै उम्मेद्वारी दिएपछी सबैको ध्यान क्यूशुमा केन्द्रित भएको थियो । क्यूशु क्षेत्रबाट नै नेतृत्व संगै २ शक्तिशाली पद उपाध्यक्षमा पनी उम्मेद्वारी दिएपछी केन्द्रदेखी क्षेत्रसम्मले क्यूशुसंग पदको बार्केनिंग गरेको पछिल्लो समय खुलन आएको छ ।

राजनीतिक हस्तक्षेपको मारमा समेत परेको क्यूशुले अन्तमा उपाध्यक्षको १ उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिदै उपाध्यक्ष निर्बिरोध निर्बाचित गर्न सहयोग गरेका थीए । ५ जना अध्यक्षको उम्मेद्वारी परेको एनआरएनए जापानको निर्वाचन प्रक्रियाको अन्त्यमा क्यूशुका उम्मेद्वार किरण बर्माले पनी सबैको अनुरोधमा उम्मेद्वारी फिर्ता गरेका थिए । क्यूशुबाट किरण बर्मा र उपाध्यक्षका उम्मेद्वार रामकृष्ण श्रेस्ठले उम्मेद्वारी फिर्ता गर्दै क्यूशुका अर्का उम्मेद्वार लक्ष्मण बानियालाई निर्बिरोध निर्वाचित गराएका थिए । क्यूशुका अर्का सदस्यका उम्मेद्वार सुपेंद्र घिसिंगलाई पनी निर्बिरोध निर्बाचित गराउने रणनीतिमा लागेका क्यूशु अन्तमा २ जनाले नाम फिर्ता लिने भनिएपनी अन्त्यमा एक जनाले मात्र उम्मेद्वारी फिर्ता लिएपछी निर्वाचन जान बाध्य भएका थिए ।

क्यूशुका एकल उम्मेद्वारको रूपमा उभिएका सुपेंद्र घिसिंगले सहमति नभएपछी मात्र अन्त्यमा एक प्रेस विज्ञप्ति जारी गर्दै जापानबासी नेपालीहरू माँझ भोट मागेका थिए । निर्वाचनको अन्तिम समयमा सक्रियताका साथ निर्वाचनमा होमीएका क्यूशु कार्यसमिति र क्यूशुबासीले आफ्नो एकमात्र उम्मेद्वार सुपेंद्र घिसिंगलाई जीताउन कुनै पनी कसर बाक़ी नराखेको एक एनआरएनए अभियंता बताऊँनूहुंछ ।

क्यूशुको एकता नै सुपेंद्र घिसिंगको प्रचण्ड बहुमतका साथ बिजयी गराउने शुत्र रहेकोले आगामी दिनमा पनी एक जुट भएर लाग्ने क्यूशु कार्यसमितिका अध्यक्ष देबराज उप्रेती बताउनुहुनछ । एनआरएनए इतिहास कै अत्यधिक बहुमत ८०० मत ल्याई बिजय भएका सुपेंद्र घिसिंगलाई बधाई दिन आयोजित भेटघाट तथा चियापान कार्यक्रममा क्यूशुका सम्पूर्ण एनआरएनए प्रेमीहरुको उपस्थितिमा खादा लगाई भब्य रूपमा बिजय साँझ मनाएका थिए ।
