टोकियो सेप्टेम्बर ८। गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको छ ।
एनआरएनए जापानको जारी नवौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा भण्डारी विजयी हुनुभएको हो ।भण्डारीले निकटतम प्रतिद्वन्द्वी वर्तमान अध्यक्ष टासी वाङदीलामालाई ५ सय ८५ मत ल्याउँदै ३४ मतको अन्तरले पराजित गर्नुभएको हो । लामाले ५ सय ५३ मत प्राप्त गर्नुभएको छ । अध्यक्षका एक प्रत्यासी किरण वर्माले उम्मेदारी फिर्ता लिनुभएको थियो ।
यसै गरी वरिष्ठ उपाध्यक्षमा अनिता गुरुङ निर्वाचित हुनुभयो भने महासचिवमा जनकविक्रम शाही र सचिवमा सचिन श्रेष्ठ एवं युवा संयोजकमा राम थापा निर्वाचित हुनुभएको छ ।
सदस्यमा रहेका मध्य राजेश खनाल, सुपेन्द्र घिसिङ, बाबुराम खरेल, कटवाल महेश कुमार, डिलाराम गैरे, सिबु थापा र जिबन कुमार गुरुङ निर्वाचित भएका छ्न । आईसीसी सदस्य लगाएतका केही पदहरुमा भने निर्विरोध भएको छ ।