मिस टिन नेपाल २०२१ को ट्यालेन्ट राउण्ड सम्पन्न, सहभागी बिशिष्ठ ब्यक्तित्व तथा संचारकर्मीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान(फोटो सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  810 पटक हेरिएको

काठमाण्डौँ, भदौँ २३ ।  

काठमाण्डौ जेसीसको आयोजनामा मिस टिन नेपाल २०२१ हाल काठमाडौमा जारी छ । काठमाडौ जेसिसको १७ औं संस्करण अन्तरगत मिस टीन नेपाल २०२१ आयोजना भईरहेको छ। उक्त कार्यक्रमको हाल अडिसन राउन्ड सम्पन्न भई टयालेंट राउण्ड शुरू भईरहेको छ । काठमाडौमा जारी मिस टिन नेपाल २०२१ को भाद्र २२ गते काठमाडौको एल्लो पगौडा होटलमा ट्यालेंट राउण्डको आयोजना भएको हो । उक्त ट्यालेन्ट राउण्डमा सहभागि प्रतिस्पर्धीहरुले बिभिन्न कला, गायन, नृत्य, कराँते, कबिता वाचन लगायतका प्रतिभा देखाएका थिए । काठमाण्डौँ जेसिसद्धारा आयोजना गरिएको उक्त ट्यालेन्ट राउण्ड कार्यक्रमको भिजन अनलाईन न्युज लगायत अन्य मिडियाबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

ट्यालेंट राउण्डमा बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्व, जजेज तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त ट्यालेन्ट राउण्डमा कार्यक्रममा सहभागी प्रतिस्पर्धीहरुद्धारा देखाईएका प्रतिभाहरुको आधारमा मूल्यांकन गरी अघिल्लो चरणमा लैजानेछ । काठमाडौ जेसिसद्वारा आयोजना गरीएको मिस टिन नेपाल २०२१ को ट्यालेन्ट राउण्डमा सहभागि संचारकर्मी लगायत बिशिष्ठ ब्यक्तित्वहरुलाई मायाको चिनो सहित सम्मान समेत गरेको थियो ।

मिस टिन नेपाल २०२१ फोटामा

सम्बन्धित समाचार यो पनि पढ्नुहोस । 

काठमाडौ जेसिसद्वारा आयोजित मिस टिन नेपाल २०२१ को भोलि ट्यालेंट राउण्ड हुदै

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार