सरकारले निजामती सेवा दिवसमा ४० कर्मचारीलाई पुरस्कृत गर्यो, यो वर्ष पनि सर्वोकृष्ठ कर्मचारी भेटिएन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  761 पटक हेरिएको

काठमाडौं, भदौ २२ ।  

आज १७ औँ निजामती सेवा दिवस । कोरोना महामारीकाबिच सरकारले सामान्य कार्यक्रम गरेर मनाएको छ । सरकारले प्रत्येक बर्ष निजामति दिवसको दिन देश र जनताको सेवामा तल्लिन ईमान्दार कर्मचारीलाई प्रत्येक बर्ष निजामति पुरस्कारबाट सम्मान गर्दै आईरहेको छ । यसै अवसरमा यस बर्ष पनि सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गरेका छन् ।

यो वर्ष पनि सर्वोकृष्ठ निजामति सेवा पुरस्कार भने कसैलाई वितरण गरिएन। निजामती दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने परम्परा अनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो।

उत्कृष्ट निजामती सेवाबाट पुरस्कृत हुनेहरुमा काठमाडौंका प्रजिअ जनकराज दाहाल, नेपाली राजदुतावास, बेजिङका सहसचिवसुशील कुमार लम्साल, कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, संघीय मामिला मन्त्रालयका उपसचिव डिलाराम पन्थी, सीडीई सुरतकुमार बम, लोक सेवाका उपसचिव टामलाल पाण्डे, प्रसासकीय अधिकृत सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा रहेका छन्।

त्यसैगरी ३० जना कर्मचारीलाई निजामती पुरस्कारले पुरस्कृत गरिएको छ। जसमा रघुराम विष्ट, कुवेर नेपाली, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, रोशनी देवी कार्की, अञ्जनकुमार मिश्र, डा। वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टिकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे, मञ्जु सिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य रहेका छन्।

यसै गरी प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयाँल रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार