टोकियो सेप्टेम्बर,०६। गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नवौँ अधिवेशनको अवसरमा एनआरएनए जापानमा उत्कृष्ठ कार्य गरेको भन्दै कार्यसमिति सदस्य श्रृजना पाण्डे, कान्तो क्षेत्रका निवर्तमान संयोजक नवीन निउरे र क्युसु क्षेत्रिय संयोजक लक्ष्मण बानियाँलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, एनआरएनए आईसीसी अध्यक्ष भवन भट्ट र एनआरएनए जापानका अध्यक्ष टासी लामाले एनआरएनए जापानमा उत्कृष्ठ कार्य गरेको भन्दै सम्मान गर्नु भएको थियो।

सोही अवसरमा गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नवौँ अधिवेशनको अवसरमा जापानमा क्रियाशिल संचारकर्मीहरूलाई पनि विशेष सम्मान गरिएको छ । अधिवेशन उदघाटनको अवसरमा जापानमा सक्रिय पत्रकारिता गर्ने नेपालन्युजपोस्ट डटकमका सम्पादक राजन गौतम् तथा नेपालजापान डटकमका सम्पादक आनन्द कोईरालाई सम्मान गरिएको थियो ।


वहाँहरुलाई संचारको माध्यमबाट एनआरएनए गतिविधिहरु आम जनमानससम्म पुर्याउन र एनआरएनएका गतिविधिहरुलाई पारदर्शी तथा प्रभावकारी बनाउन गरिएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।
