निलकण्ठ क्याम्पस अध्यक्षमा पुन: रामनाथ अधिकारी

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  549 पटक हेरिएको

धादिङ भाद्र २०।  धादिङबेसी सदरमुकाम स्थित निलकण्ठ बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा पुन: रामनाथ अधिकारी सर्बसम्मत चयन भएका छन् । जिल्लाकै सबै भन्दा उत्कृष्ट क्याम्पसको रुपमा परिचित यस क्याम्पसको आगामी ४ बर्षको लागि नेपाली काँग्रेसका पुर्व सभापति समेत रहेका अधिकारी सर्वसहमतिमा पुन: अध्यक्ष चयन भएका हुन् ।

त्यसै गरि संचालक समितिको सदस्यमा नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला र धादिङको शिक्षाका हस्ति एवं नीलकण्ठ क्याम्पसका पुर्व क्याम्पस प्रमुख शम्भुकुमार श्रेष्ठ चयन भएका छन् । ५ जना संचालक समित रहने प्रबधान अनुसार बाकी २ जना छिट्टै मनोनित गरिने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार