चिनियाँ राष्ट्रपतिलाई भव्य स्वागतको तयारी

PM Chaina

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  444 पटक हेरिएको

काठमाडौं भाद्र २०। सरकारले चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणलाई लक्षित गर्दै उनको स्वागतका लागि आवश्यक तयारी सुरु गरेको छ ।

राष्ट्रपति सी जिनपिङ अक्टोबर ११ बाट सुरु पाँच दिने भारत भ्रमणका बेला काठमाडौँ आउने अपेक्षा गरिएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमण विवरण सार्वजनिक गर्न सम्बन्धित सरकारी अधिकारीहरुले अस्वीकार गरेका छन् । तर उच्च सरकारी श्रोतले भने राष्ट्रपति सीको नेपाल बसाइका लागि आवश्यक तयारी भइरहेको जानाएको छ । राष्ट्रपति सी भारत भ्रमण गर्नु पहिले वा भारतबाट फर्कने क्रममा केही समय काठमाण्डु आउन सक्ने अपेक्षा गरिएको छ ।

उच्च स्रोतका अनुसार नेपाली सुरक्षा निकायले राष्ट्रपति सीको सम्भावित भ्रमणलाई लक्षित गर्दै विशेष सुरक्षा व्यवस्थाको तयारी पनि थालेको छ ।  नेपालको सुरक्षा अवस्थाबारे जानकारी लिन चिनियाँ सुरक्षा निकायको टोलीसमेत हालै नेपाल आएर फर्किसकेको छ । नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार