टोक्योमा जारी पाराओलम्पिकमा जापान १३ स्वर्ण पदक जित्दै औपचारिक रुपमा प्याराओलम्पिक सम्पन्न

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  91 पटक हेरिएको

जापान, भदौँ २१ । 

अगस्ट २४ तारिख बाट सुरुभएको महत्वकांक्षी टोकियो पाराओलम्पिक हिजो ९ सेप्टेम्बर ०५ तारिख० औपचारिक रुपमा सम्पन्न भएको छ । कोभिड–१९ महामारीको चौतर्फी दवावका बिच टोकियो पाराओलम्पिक पनि खाली रंगशालाहरुमा मै भएपनि सम्पन्न भएको छ । विभिन्न २२ फरक–फरक खेलहरुको ५३९ ओटा ईभेन्टहरुको आयोजना संगै अन्ततस् टोकियो पाराओलम्पिक २०२० लाई औपचारिक बिदा गरिएको छ ।यस बिचमा विश्वका १६२ मुलुकका ४५ सय जना भन्दा बढी खेलाडीहरु तथा झण्डै १० हजार जना खेल व्यवस्थापक तथा प्रतिनिधिहरुले सहभागीता जनाएका थिए । ।

यस पटकको पाराओलम्पिकको अंक पदकहरुको अंक तालिकामा ओलम्पिकको तुलनामा घरेलु मैदान नै भएपनि जापानमा पाराओलम्पियनहरुको लागि त्यतिधैर उत्साहप्रद बन्न सकेन । यस पालीको पाराओलम्पिकमा पदककै हिसावले चिन ९६ ओटा स्वर्ण पदक सहित कुल २०७ ओटा ओलम्पिक पदक हात पार्दै शिर्ष स्थानमा रह्यो, तर जापान भने १३ स्वर्ण सहित कुल ५१ पदकमा सिमिति हुँदै पदक तालिकाको ११ औँ स्थानमा रह्यो । जापानको टोक्योमा सम्पन्न भएको प्याराओलम्पिकमा नेपाली खेलाडीहरु पनि सहभागि भएको थियो तर नेपाली खेलाडीहरुले कुनै पनि खेलमा पदक जित्न भने असफल भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार