प्रधानमन्त्री ओली डिस्चार्ज, आजै स्वदेश फर्किंदै

PM KP Oli

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  523 पटक हेरिएको

काठमाडौं भाद्र २०।   प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्किंदै छन् । सातौं चरणको प्लाज्मा फेरेसिस गरेपछि उनको उपचार पूरा भएको छ । प्रधानमन्त्री ओली शुक्रबार बिहानै हस्पिटलबाट डिस्चार्ज भएका छन् । सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलाको फलोअप उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते त्यसतर्फ गएका थिए । सिंगापुरमा उनको मिर्गौलाको एन्डीबडी कम गरिएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएकाले स्वदेश फर्किन लागेको बताइएको छ । प्रधानमन्त्री ओली शुक्रबार साढे १२ बजे स्वदेश फर्कने तय भएको उनका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्री तथा पार्टी अध्यक्षको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर पुगेका नेकपाका सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णु पौडेललगायत नेताहरू पनि प्रधानमन्त्रीसँगै स्वदेश फर्किने बताइएको छ ।

प्रधानमन्त्री ओली यसअघि साउन १८ गते सिंगापुरको सोही अस्पतालमा उपचार गर्न गएका थिए । उनी उपचार गराएर साउन २७ मा फर्किएका थिए । सिंगापुरबाट फर्किएको १० दिनपछि प्रधानमन्त्री ओली ‘फ्लोअप’ उपचारका लागि सिंगापुर गएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार